थप ६ जिल्लामा सरकारकाे स्वास्थ्य बीमा कार्यक्रम भाेलीबाट सुरु हुने

  २०७७ चैत २४ गते १४:३५     विकासन्युज

काठमाडाैं । सरकारले संचालन गरिरहेकाे स्वास्थ्य बीमा कार्यक्रम भाेलीदेखि थप छ वटा जिल्लामा सुरु हुने भएकाे छ । मंगलबार एक कार्यक्रमकाबीच स्वास्थ्य बीमा बाेर्डका कार्यकारी निर्देशक दामाेदार बसाैला भाेलीदेखि थप छ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने जानकारी दिएका हुन् ।

पाँचाै‌ स्वास्थ्य दिवसकाे अवसरमा सरकारले थप छ वटा जिल्लामा स्वास्थ्य बीमा सेवा विस्तार गर्ने लागेकाे हाे । हालसम्म ६९ जना जिल्लामा सरकारकाे स्वास्थ्य बीमा कार्यक्रम संचालित छन् । स्वास्थ्य बीमा कार्यक्रम संचालन हुने नयाँ जिल्ला ताप्लेजुङ, बारा सर्लाही दाेलखा मनाङ्ग र मुस्ताङ रहेका छन् ।

पाँचाै‌ स्वास्थ्य दिवसकाे अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयशराज त्रिपाठीले उक्त कार्यक्रमकाे भरचुअल रुपमा उद्घाटन गर्नेछन् । याेसँगैं मन्त्री त्रिपाठीले बीमितहरुलाई नागरिक एपमा स्वास्थ्य बीमा कार्यक्रम आवद्धता र माेबाइल स्वास्थ्य सेवाकाे समेत घाेषणा गर्ने बसाैलाले जानकारी दिए ।

हालसम्म सरकारकाे स्वास्थ्य बीमा कार्यक्रममा कूल ३७ लाख ४२ हजार ६५६ जना बीमित रहेका छन् । कार्यकारी निर्देशक बसाैलाकाे अनुसार कूल बीमितकाे करिब ३३.९१ प्रतिशतले सेवा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.