दोस्रो किस्ता कर तिर्न सरकारको ताकेता, चैत भित्रै नतिरे जरिवाना गर्ने चेतावनी

  २०७७ चैत २४ गते १४:१०     विकासन्युज

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को आयकरको दोस्रो किस्ता तिर्न तसमयमै बुझाउन सरकारले करदातासँग ताकेता गरेको छ । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै दोस्रो किस्ता कर तिर्न आग्रह गरेको हो ।

विभागले चालु आर्थिक वर्षको आयकरको दोस्रो किस्ता बापतको कर रकम चैत मसान्तसम्म तिर्न विभागले आग्रह गरेको हो ।
आन्तरिक राजस्व विभागले चालु आवको आयकरको दोस्रो किस्ता बापत अनुमानित करको ७० प्रतिशत रकम मध्ये तिर्न बाँकी रकम तिर्न आग्रह गरेको हो ।

यस्तै, विभागले यसअघि पेस गरिएको अनुमानित आय विवरण संशोधन गर्नुपर्ने भएमा सो समेत चैत मसान्त भित्र गरिसक्न आग्रह गरेको छ । सूचनामा तोकिएको समयमा ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयमा तोकिएको कर र विवरण बुझाउन भनिएको छ ।

समयमा कर नबुझाएमा भने कानुन अनुसार शूल्क, जरिवाना तथा ब्याज लाग्ने विभागले चेतावनी समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.