७ हिमाल आरोहणका लागि २९६ आरोहीलाई अनुमति

  २०७७ चैत २४ गते ११:१८     विकासन्युज

काठमाडौं। हिमाल आरोहणका लागि उपयुक्त समय वसन्त ऋतु र शरद ऋतुको आगमन सगैँ पर्यटन विभाग बाट आरोहणको अनुमति लिनेको संख्यामा बृद्धि भएको छ ।

कोरोना महामारिका कारण गत वर्ष रोकिएको हिमाल आरोहण यस वर्ष सुरु हुन लागेकोे हो । विभागले आरोहीको माग अनुसार यस सिजनको पहिलो हिमाल आरोहण फागुन २५ गते जारी गरेको थियो । यो बर्षका लागि आरोहण खुल्ला भएको करिब एक महिनामा ७ हिमाल आरोहणका लागि २ सय ९६ विदेशी आरोहीले आरोहण अनुमति लिएका छन् ।

उक्त हिमाल आरोहणको अनुमति वाट मात्रै २२ करोड ७७ लाख एक हजार रुपैयाँ राजश्व संकलन भएको विभाग अन्तरगतको पर्वतारोहण शाखाले जनाएको छ । उक्त शाखाका निर्देशक मीरा आचार्यका अनुसार ७ हिमाल मध्ये सबैभन्दा बढि सगरमाथा आरोहणका लागि अनुमति दिईएको छ । मंगलबार साझसम्ममा १७ समुहका १६० जनाा आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका हुन् ।

कुन हिमालका लागि कति जनाले अनुमति लिए

पर्यटन विभागका अनुसार विश्वकै अग्लो शिखर सगरमाथा आरोहणका लागि १७ समूहका १६० जनाले अनुमति लिएका छन् । त्यस्तै ८ हजार ९१ मिटर उचाइमा रहेको अन्नपूर्ण हिमाल आरोहणका लागि चार समूहका ४४ जनाले अनुमती लिएका छन् भने ८ हजार ५ सय १६ मिटर उचाइको लोत्से हिमाल आरोहणका लागि पाँच समूहका ३९ जनाले अनुमति लिएका छन । यसैगरी, ७ हजार १ सय ६१ मिटर उचाईमा रहेको पुमरी हिमाल आरोहणका लागि एक समूहका ५ जनाले अनुमति लिएका छन् ।

त्यस्तै ७ हजार ८सय ६४ मिटर उचाईमा रहेको नुप्से हिमाल आरोहणका लागि ८ समूहका २८ जना, ८ हजार १६३ मिटर उचाईमा रहेको मनास्लु आरोहणका लागि दुई समूहका ९ जना र ८ हजार १६७ मिटर उचाईमा रहेको धौलागिरी हिमाल आरोहण्का लागि ३ समूहका १५ जना आरोहीले अनुमति लिएको विभागले जनाएको छ ।

आरोहण शूल्क

सगरमाथा आरोहणका लागि विदेशीले प्रतिव्यक्ति ११ हजार डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ भने नेपालीले ७५ हजार रुपियाँ रोयल्टी तिर्नुपर्छ । सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको समूह बनाउन पाउने व्यवस्था छ ।

सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ, अझै आरोहणयोग्य १३ सयभन्दा बढी हिमाल रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.