दुई महिनापछि नेपालमा एकैदिन २६६ जना काेराेना संक्रमित थपिए

  २०७७ चैत २३ गते १६:४४     विकासन्युज

काठमाडाैं । दुई महिनापछि नेपालमा एकैदिन २६६ जना काेराेना संक्रमित थपिएका छन् । यसअघि नेपालमा माघ महिनामा एकैदिन २०० बढी जना काेराेना संक्रमित देखिएका थिए ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६८ हजार ३१० जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १ हजार ८३२ पुगेकाे छ ।

नेपालमा आजसम्म २२ लाख ८९ हजार ८२४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १०२ जना निकाे भएसँगैं हालसम्म २ लाख ७३ हजार ७४२ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा ४ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ३०३६ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.