तीन कम्पनीको बोनस सेयर सूचीकृत

  २०७७ चैत २३ गते १५:१९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्सेञ्ज(नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज(चैत २३ गते) बरुण हाइड्रोपावर कम्पनी, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र ङादी ग्रुप पावरको एकैदिन बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये बरुण हाइड्रोपावरको ५ प्रतिशत बोनस अर्थात १ लाख २७ हजार ५७५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ७.३७ प्रतिशत बोनस पछि ६ लाख १० हजार ९९८ कित्ता सेयर सूचीकृत भएको हो ।

ङादी ग्रुप पावरको १० प्रतिशत बोनस अर्थात ५ लाख ३५ हजार ५५४ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

यससँगै यी तीन वटै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.