अब मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना

  २०७७ चैत २३ गते १२:३८     विकासन्युज

काठमाडाै । मास्क नलगाउनेलाई प्रहरीले १०० रुपैयाँ जरिवाना तिराउने भएकाे छ । गृह मन्त्रालयकाे निर्देशन अनुसार प्रहरीले मास्क नलगाई हिँड्नेलाई जरिवाना स्वरुप १०० रुपैयाँ तिराउने भएकाे हाे ।

प्रहरीले पहिलाे चरणमा काेराेनाभाइरसविरुद्ध मास्क लगाउनलाई सचेतना कार्यक्रम गर्ने र दाेस्राे चरणमा जरिवाना तिराउने नियम लागु गर्ने बताएकाे छ ।

मास्क नलगाउनेलाई कारवाही गरिने भनेर भन्दै आइरहे पनि हालसम्म कस्ताे कारवाही गर्ने भनेर स्पष्ट उल्लेख गरिएकाे थिएन । संक्रामक रोग ऐन–०२० अनुसार रोग फैलनबाट रोक्न सिडिओलाई जरिवाना गर्ने अधिकार छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.