कृषि विकास बैंकका नवनियुक्त सञ्चालक दीर्घराज मैनालीले लिए सपथ

  २०७७ चैत २३ गते १२:२७     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा दीर्घराज मैनाली नियुक्त भएका छन् । नवनियुक्त सञ्चालक मैनालीलाई बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराएका हुन् ।

नेपाल सरकारको निर्णयानुसार मैनाली बैंकको संचालक समितिको सदस्यमा नियुक्त भएका हुन् ।

नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् ।

उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु हरि बहादुर के.सी, डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, कृषि विकास बैंकका का.मु. उपमहाप्रबन्धक प्रताप सुवदी , बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.