सबैभन्दा बढी कर तिर्ने आइएमई को-अपरेटिभ सम्मानित

  २०७७ चैत २० गते १६:३१     विकासन्युज

काठमाडौं । नेपालका प्रारम्भिक सहकारी संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिल गर्ने आइएमई को-अपरेटिभ सर्भिस लिमिटेड सम्मानित भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी कर तिरेकोमा सहकारी विभागले संस्थालाई सम्मान गरेको हो ।

विभागले ६४औं सहकारी दिवसका अवसरमा आयोजित एक विशेष कार्यक्रमकाबीच आइएमई को-अपरेटिभलाई उक्त सम्मान प्रदान गरेको हो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संस्थाको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाललाई उक्त सम्मान प्रदान गरेका हुन् । सम्मान ग्रहण कार्यक्रममा आइएमई को-अपरेटिभ सर्भिस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अर्जुन शर्मा पौडेल एवम् बोर्ड सचिव सागर ढकालको उपस्थिती रहेको थियो ।

कार्यक्रममा अध्यक्ष ढकालले सरकारले सहकारीलाई आर्थिक क्षेत्रको एक मुख्य आधार स्तम्भको रुपमा स्वीकार गर्दै आइरहेको सन्दर्भमा आफ्नो संस्थाले कर मार्फत समग्र सहकारी उद्योगमै सबैभन्दा बढी आयकर दाखिल गरी राज्यलाई सहयोग गर्न पाएकोमा प्रशन्नता व्यक्त गरे । साथै, आगामी दिनमा संस्थाले आफ्नो पहिचानलाई अझै बढाउँदै लैजाने अध्यक्ष ढकालले प्रतिवद्धता गरे ।

काठमाडौंको कान्तिपथ स्थित केन्द्रीय कार्यालय रहेको आइएमई को-अपरेटिभ सर्भिसले देशभरका १५ वटा शाखा मार्फत सहकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.