एनएमबिका ग्राहकले एएसजी आँखा अस्पतालमा सहुलियत पाउने

  २०७७ चैत २० गते १३:२३     विकासन्युज

काठमाडौं । एनएमबि बैंकका ग्राहकले एएसजी आँखा अस्पतालमा सहुलियत पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीले उक्त अस्पतालबाट उपलब्ध हुने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

सो सम्बन्धी द्विपक्षीय समझदारी भएको छ । समझदारीपत्रमा एनएमबि बैंक र एएसजीका तर्फबाट आधिकारिक व्यक्तित्वहरुले हस्ताक्षर गरेका हुन् ।

उक्त अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्युआर कोड मध्ये कुनै पनि माध्यमबाट ग्राहकहरु तथा कर्मचारीहरुले भुक्तानी गर्र्दा सर्जरीमा र आँखा सम्बन्धी कुनैपनि सामानको खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउने छ ।

एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएम, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.