नेपाल बैंकले सुर्खेतमा शुरू गर्यो क्यूआर कोड सेवा, कर्णाली प्रदेशमै पहिलो

  २०७७ चैत १९ गते १९:३५     विकासन्युज

काठमाडौं । नेपाल बैंकले सुर्खेतमा फोनपेको क्यूआर कोड सेवा शुरु गरेको छ । नेपाल बैंक वीरेन्द्रनगर शाखाको आयोजनामा औपचारिक कार्यक्रम गरि कर्णाली प्रदेशमा रहेका बैंकहरुमध्ये सर्वप्रथम नेपाल बैंकले उक्त सेवा शुरु गरेको हो ।

बैंकले डिजिटल सुर्खेत महाअभियान अन्तर्गत उक्त सेवा शुरु गरेको हो । जसको उद्घाटन नेपाल बैंकका सञ्चालक समिति अध्यक्ष मधुकुमार मरासिनीले गरेका हुन् । उनले कर्णालीको अर्गानिक उत्पादन मह तथा च्याउ खरिद गरि क्यूआर कोड प्रविधिमार्फत रकम भुक्तानी गरेका उक्त सेवाको शुरुवात गरेको हो ।

साथै, सञ्चालक मरासिनीले समयको परिवर्तनशीलतलाई आत्मसाथ गरि प्रविधिको अनुसरण गर्दै क्यासलेस अर्थतन्त्र निर्माण गर्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.