थपिँदै फोरजीका ग्राहक, ८४ प्रतिशत जनसंख्याको पहुँचमा इन्टरनेट

  २०७७ चैत १९ गते १३:५१     विकासन्युज

काठमाडौं । नेपालमा फोरजीका ग्राहक ७० लाख भन्दा बढी भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्यांक अनुसार फारजीका प्रयोगकर्ता ७० लाख ९२ हजार ८०५ पुगेको हो ।

नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनी मध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलको रहेको छ । सात महिनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ४३ लाख २५ हजार ९३६ जना पुगेको छ । गत पुस महिनाको तुलनामा माघ महिनामा २ लाख ३९ हजार ७९७ बढेका छन् ।

प्राधिकरणको तथ्यांक अनुसार सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को फोरजीका ग्राहक २५ लाख ४४ हजार पुगेका छन् । गत पुस महिनाको तुलनामा माघ महिनामा एक लाख ६१ हजार ४६८ जना थपिएका छन् । यसैगरी, स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता २ लाख २२ हजार रहेका छन् । गत पुसको तुलनामा माघ महिनामा २ हजार ४३७ जना थपिएका छन् । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् ।

फोरजीका प्रयोगकर्ता सगैँ गत पुस महिनाको तुलनामा माघ महिनामा एक लाख बढी थ्रीजीका प्रयोगकर्ता थपिएका छन् । पुस महिनामा एक करोड १२ लाख बढी प्रयोगकर्ता रहेकोमा माघ महिनामा १ करोड १३ लाख ५१ हजार बढी प्रयोगकता रहेका छन् ।

नेपालमा कुल जनसंख्याको ८४ प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुगेको छ । सात महिनाको तथ्यांक अनुसार नेपालमा दुई करोड ५४ लाख १९ हजार बढी जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुगिसकेको छ ।

गत पुस महिनाको तुलनामा माघ महिनामा छ लाख ८३ हजार बढी प्रयोगकर्ता थपिएका छन् । पुस महिनामा कूल २ करोड ४७ लाख ३५ हजार ६५० जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.