हुन्डाई नयाँ वर्ष योजना: ७८ हजारसम्मको अतिरिक्त छुटदेखि एक वर्षको बीमा सुविधा

  २०७७ चैत १९ गते १०:३६     विकासन्युज

काठमाडाैं । हुन्डाईकालागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो नयाँँ वर्ष योजना ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा ग्राहकहरुले आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्नेछन् ।

कम्पनीकाे अनुसार यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट, स्क्रयाच कार्ड मार्फत २० हजारदेखि ७८ हजारसम्मको अतिरिक्त छुट, १५ हजार बराबरको लोयल्टी बोनस, १ लाखसम्मको एकसचेन्ज बोनस तथा १ वर्षको बीमा सुविधा प्राप्त गर्नु सकिनेछ ।

साथसाथै हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।

लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादकमध्येमा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.