बैशाखदेखि नेपाली श्रमिकको अनिवार्य बायोमेट्रिक परीक्षण हुने

  २०७७ चैत १८ गते १७:५८     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश जाने नेपाली श्रमिकले अनिवार्य रुपमा बायोमेट्रिक परीक्षण गर्नुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले पछिल्लो समय वैदेशिक राजेगारीको लागि अभिमुखीकरण तालिम दिने संस्थाले तालिम नै नदिई प्रमाणपत्र जारी गरेपछि बायोमेट्रिक परीक्षणलाई अनिवार्य गर्न लागिएको हो ।

विभागले बुधबार एक सूचना प्रकाशन गर्दै उक्त नियम आगामी बैशाख १ गतेबाट लागु हुने जनाएको छ । सूचना अनुसार बायोमेट्रिक हाजिरी परीक्षण नमिल्ने श्रमिकलाई अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षबाट फर्काइनेछ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा (२७) र वैदेशिक रोजगार नियमावली २०६४ उपनियम (२०) मा वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगारमा जानु पूर्व तोकिए बमोजिमको अभिमुखीकरण तालिम लिनुपर्ने स्पष्ट व्यवस्था रहेको छ ।

उक्त व्यवस्था अनुसार अभिमुखीकरण तालिम दिने संस्थाले तोकिएको समयमा सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई वैदेशिक रोजगार वोर्डबाट स्वीकृति लिएको हुनपर्छ ।

विभागले नक्कली बायोमेट्रिकको प्रयोग हुँदा इन्स्योरेन्स तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट बञ्चित हुनसक्ने, बायोमेट्रिक नमिल्दा विदेशबाट पूनः श्रम स्वीकृती प्राप्त गर्न कठिन हुन सक्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.