किसान लघुवित्तले एफपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

  २०७७ चैत १८ गते १६:१०     विकासन्युज

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यु (एफपीओ)) मार्फत १२ लाख ९८ हजार २५९ कित्ता साधारण सेयर जारी गर्ने भएको छ । सो प्रयोजनको लागि संस्थाले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

उक्त धितोपत्र निष्काशन सम्बन्धी सम्झौता-पत्रमा किसान लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका थिए ।

किसान लघुवित्तको अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ५२ करोड २६ लाख रुपैयाँ र चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई एफपीओ मार्फत सेयर जारी गरे पश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ५२ करोड २६ लाख रुपैयाँ हुनेछ ।

किसान लघुवित्त वित्तीय संस्था लिमिटेड (साविकको एनआरएन) कम्पनी ऐन, २०६३ अन्तर्गत २०७५ साल माघ ७ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७५ साल फाल्गुण ३ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस वित्तीय संस्थाले २०७५ साल फागुन १६ गतेदेखि आफ्नो वित्तीय कारोबारको शुभारम्भ गरेको हो ।

धनगढी २, बैहाबेहडी कैलाली केन्द्रीय कार्यालय र बुढानिलकण्ठ ८ मण्डिखाटार, काठमाण्डौमा कर्पोरेट कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै किसान माइक्रोफाइनान्स, रामारोशन, क्रिएटिभ र दिव्य लघुवित्त मर्ज गरि आफ्नो कार्यक्षेत्र ४६ जिल्लामा विस्तार गरिसकेको छ । हाल यसका १३६ वटा शाखाबाट लाखौं ग्राहक सदस्यहरुलाई सेवा दिइरहेको र हालसम्म १ अर्ब ७ करोड २५ लाख रुपैयाँ बचत ५ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.