बुध्द एयरले भैरहवा र नेपालगञ्जमा उडान संख्या थप्दै

  २०७७ चैत १८ गते ११:५५     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले भैरहवा र नेपालगञ्जमा उडान संख्या थप्ने भएको छ । बुद्धले उडान संख्या थप गर्दै काठमाडौंबाट भैरहवामा र नेपालगञ्जमा थप एक उडान गर्न लागेको हो । नयाँ उडान थप भएपछि भैरहवामा दैनिक ९ र नेपालगञ्जमा पाँच उडान गहुनेछ ।

यसैगरि केही साताभित्रै धनगढीमा पनि थप १ उडान भर्ने कम्पनीले जनाएको छ । बुद्धले आन्तरिक उडानका लागि केही समयअघि मात्र एक थान एटीआर–७२ जहाज थप गरेको थियो । यसैगरि आउँदो मे महिनामा अर्को एटीआर–७२ जहाज थप्ने बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले बताएका छन् ।

जहाज थपिएसँगै ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज बुध्द एयरसँग रहेको छ ।

बुध्द एयरले हाल भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउण्टेन फ्लाईट पनि गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.