साहित्यकार कृष्णप्रकाश श्रेष्ठको निधन

  २०७७ चैत १७ गते १३:०७     विकासन्युज

काठमाडाैं । साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गए राति निधन भएको छ ।

नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भई मस्कोस्थित एक अस्पतालमा उपचाररत थिए ।

उनका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ, तुर्गनेभ, तोल्स्तोय, शोलोखोभ, हम्तोभतलगायत विदेशी लेखकका उपन्यास र काव्यहरुको नेपाली भाषामा अनुवाद कृति छन् ।

यसैबीस, राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारीले साहित्यकार श्रेष्ठको साहित्यिक देनको स्मरणसहित उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.