सजिलाे डाइन अर्थात डिजिटल क्यूआर मेन्यु

  २०७७ चैत १७ गते १२:२५     विकासन्युज

काठमाडाैं । विश्व बजार हिजो आज मानव रहित सुविधा वा डिजिटलाईज हुने क्रममा अघि बढिरहेको छ । बढ्दो प्रविधिको प्रयोग संगै हरेक क्षेत्रमा गरिने कामहरु छिटो छरितो र भरपर्दो सुविधाका लागि डिजिटल प्रविधि पछिल्लो समय तपाई हामीबीच लोकप्रिय हुदैंछ त्यसको एक उदाहरण हो- सजिलो डाइन डटकम ।

पछिल्लो समयको कोभिड–१९ ले सृजना गरेको महामारीकोबीच संचालमा आएको सजिलो डाइन होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरुमा सामाजिक तथा भैतिक दुरी कायम गर्दै वयेटर बिना आफ्लाई चाहेको मेन्यू अर्डर गर्न सकिने ई–मेन्यु हो । यसले उच्चतम प्रविधिको प्रयोग गर्दै होटल तथा रेस्टुरेन्टमा खाना तथा नास्ता गर्न जाने ग्राहक र सर्भिस कम्पनीलाई सहज हुनेगरी डिजिटल क्युआर स्क्यानर मेन्यू उपलब्ध गराएको छ ।

याे प्रयोग गर्न समेत एकदमै सहज र सरल छ । ग्राहकले आफ्नो टेबलमा रहेको क्युआर कोडलाई आफ्नो मोबाइलमा रहेको जुनसुकै क्यूआर स्क्यानरले स्यान गरी उक्त होटल तथा रेस्टुरेन्टमा उपलब्ध मेन्यूहरु आफ्नै मोबाइलमा देख्न र चाहेको परिकार तत्कालै अर्डर गर्न सक्नेछन् । ग्राहकले गरेको अर्डर सफ्वयरको माध्यमबाट सिधै सर्भिस दिने कम्पनीको एड्मिन र किचनमा पुग्दछ । जसले गर्दा ग्राहकले बेटर पर्खनु पर्ने झन्झटबाट मुक्त पाउने छन् भने अर्का तिर समयको बचत हुनेछ ।

कम्पनीका संचालकका अनुसार नेपालका बैंकिङ, शिक्षा, विमा, सपिङ सेन्टरहरु आदिमा रकम भुक्तानीको लागि प्रयोगमा आएको क्युआर स्क्यानर होटल तथा रेस्टुरेन्टको मेन्यू स्क्यानका लागि प्रयोगमा ल्याएको भने नेपालमा नै यो पहिलो पटक हो ।

हाल याे एप राजधानीका विभिन्न १ सय भन्दा बढि होटल तथा रेस्टुरेन्ट तथा पे.पे. पिज्जाका सबै शाखाहरुमा संचालमा आईसकेको छ । यसकाे प्रयाेग गर्नकाे लागि कुनै पनि होटल, रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रका व्यवसायीहरुले वार्षिक ३ हजारमा यसकाे प्रयाेग गर्न पाउने कम्पनीले जानकारी दिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.