सहकारी दिवस ११ दिन मनाइदै, खुत्रुके कार्यक्रममा सहभागी हुन संघकाे निर्देशन

  २०७७ चैत १७ गते १२:०८     विकासन्युज

काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंले ६४ औं राष्ट्रिय सहकारी दिवसका कार्यक्रम सार्वजनिक गरेको छ । संघले ११ दिवशीय कार्यक्रम सार्वजनिक गर्दै जिल्लाका सहकारी संघ संस्था तथा सदस्यलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।

संघले चैत्र १७ गते देखि २८ गतेसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाउने जनाएको छ । चैत्र १७ गते गौरीशंकरसभा कक्ष दक्षिणकालिमा बिहान १० बजे अन्तक्र्रिया गर्ने, ग्रिनल्याण्ड ब्याङकेट थानकोटमा ११ बजे ‘मर्यादित ब्यवसाय र प्रबिधिमा सहकारी’ सम्वन्धि गोष्ठी तथा शिखर पार्टी प्यालेस नागर्जुन नगरपालिमा १ बजे ‘स्थानीय सरकार र सहकारी बीचको सम्वन्ध’ विषयक गोष्ठी हुने भएको छ ।

त्यसैगरी चैत्र १८ गते मतातिर्थ बृद्धाश्रममा साढे ४ बजे भोजन तथा फलफूल बितरण, कागेश्वरी मनोहरा नगरपालिका विषेश स्कूल तथा पूनस्थापना केन्द्रमा बिहान ११ बजे अटिजम तथा सुस्त मनस्थितिका बालबालिकालाई शैक्षिक सामाग्री बितरण, कीर्तिपुर बहुउद्धेश्यीय सहकारीको भवनमा दिउसो ३ बजे ‘सामाजिक र आर्थिक विकासमा सहकारीको भूमिका’ विषयक गोष्ठी, कान्तिपुरी एबी पार्टी प्यालेस नेपालटारमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम हुने जनाइएको छ ।

चैत्र १९ गते गोकर्णेश्वर नगरपालिका उत्तरबाहिनी गुरुकुल संस्कृत बिद्यालयमा बिहान ९ बजे ६५ जनालाई खाद्यान्न बितरण गरिने जनाइएको छ । त्यसैगरी चैत २० गते सद्भाव बैंङ्केट टोखामा बिहान साढे ८ बजे शुभकामना आदान प्रदान तथा चियापान, बिहान ७ बजे बुढानिलकण्ठ मन्दिर परिसर सरसफाई, क्राउन बैंङ्केट मिनभवनमा दिउँसो १ बजे ‘रुपान्तरणकारी नेतृत्व’ कार्यक्रम हुने जिल्ला सहकारी संघ काठमाडौका अध्यक्ष ज्ञानबहादुर तामाङले जनाए ।

उनले चैत्र २० गते बिशालबजार बैंङकेटमा दिउँसो १ बजे ‘सहकारीमा समस्या र चुनौती’ विषयक अन्तक्र्रिया हुने र चैत्र २८ गते बिहान १० बजे दशरथ रङ्गशालामा कोभिड कप मैत्रिपूर्ण फुटबल प्रतियोगिता हुने जनाए ।

संघको संयोजनामा हुने कार्यक्रमहरु चैत १७ गतेदेखि २८ गतेसम्म गरिने अध्यक्ष तामाङले जनाएका छन् । नेपालमा सहकारी अभियानको सुरुवात भएको दिनको सम्झना गर्दै सहकारी दिवस मनाउने गरिएको हो । २०१३ साल चैत्र २० गते चितवनमा पहिलो सहकारी बखान सहकारीको स्थापनालाई अधार मानेर दिवस मनाउने गरिएको छ । नेपालले यो वर्ष ‘मर्यादित ब्यवसाय र प्रबिधिमा सहकारी’ नारा तय गरेको छ । उक्त दिन देशभर सहकारी दिवस मनाइन्छ । देशभर २९ हजार ८ सय ८६ सस्था रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.