गरिमा विकास बैंकले शुरु गर्यो ‘रहनुहोस् होसियार’ अभियान

  २०७७ चैत १६ गते १७:५८     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले ‘रहनुहोस् होसियार’ नामक अभियान शुरु गरेको छ । राष्ट्रिय स्तरको बैंकले समग्र बैकिङ्ग प्रणालीमा बढ्दो इन्टरनेट फ्रड/फिसिङ्गबारे जनमानसमा चेतनामूलक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ आफ्नो सबै सामाजिक संजालबाट एक महिने लामो अभियान शुरु गरेको हो ।

यस अभियान अन्तर्गत हरेक दिन यस बैंकले इन्टरनेट फ्रड/फिसिङ्ग सम्बन्धित विभिन्न चेतनामूलक साम्रागीहरु आफ्नो सबै सामाजिक संजालबाट प्रकाशित गर्दै आईरहेको छ । चिट्ठा परेको छ भन्दै बैंकिङ्ग विवरण मागेर मोबाईल बैकिङ्ग मार्फत हुने ठगी र अरुलाई आफ्नो बैकिङ्ग विवरण दिँदा हुने नोक्सानी सम्बन्धमा विभिन्न पोष्ट, अडियो र भिडियो मार्फत बैंकले चेतनामूलक सूचना फैलाईरहेको छ ।

यस अभियान अन्तर्गत गरिमा विकास बैंकको आईटी विभागले आफ्ना सम्पूर्ण कर्मचारीलाई नियमित रुपमा प्रशिक्षण समेत गरिरहेको छ ।

बैंकले हाल ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु एवं ५१ एटीएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवा दिँदै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.