वायु प्रदुषणका कारण ५० प्रतिशतभन्दा बढी आन्तरिक उडानमा समस्या

  २०७७ चैत १६ गते १६:३८     विकासन्युज

काठमाडौं । शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका लगायत देशभर प्रदूषणको तह बढेपछि प्रभावित भएको उडान अझै सहज हुन सकेको छैन् । अन्तराष्ट्रिय उडान सुचारु भएपनि आन्तरिक उडान अझैँ प्रभावित भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयको तथ्यांक अनुसार अन्य दिनको तुलनामा गत शुक्रबार यता ५० प्रतिशतभन्दा बढी आन्तरिक उडान प्रभावित भएको छ । अन्य दिनमा दैनिक ३ सय उडान तथा अवतरण हुने गरेकोमा वायु प्रदुषणका कारण १५० सम्म उडान भएका छन् ।

शुक्रबार सामान्य प्रभावित भएको अन्तरिक उडान शनिबार र आईतबार धेरै प्रभावित भएका थिए । कार्यालयको तथ्यांक अनुसार अन्तरिक उडानका विभिन्न गन्तव्यमा शुक्रबार २७६ उडान तथा अवतरण भएकोमा शनिबार १४९ र आईतबार १६९ मात्र उडान भएका छन् ।

शुक्रबारदेखि सोमबार दिउँसोसम्म बुद्ध एयरका ६५, सौर्य एयरलाइन्सका २०, श्री एयरलाइन्सका २२, यति एयरलाइन्सका ४७ र अन्य वायु सेवाका ३५ उडान प्रभावित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.