थारुहट कल्याणकारीसँग वार्ता गर्न टोली गठन

  २०७७ चैत १६ गते १५:३०     विकासन्युज

काठमाडौं । सरकारले थारु कल्याणकारी सभासँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेको छ । सोमबार सरकारका प्रवक्ता पार्वत गुरुङले सिंहदरवारमा पत्रकार सम्मेलन गरी वार्ता टोली गठनको जानकारी दिएका हुन् ।

उनका अनुसार गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहेका छन् ।

उक्त टोलीले रेशम चौधरीको रिहाइलगायतका विषयमा समेत वार्ता गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.