पञ्चकन्या फाउन्डेशन र अजिसले संयुक्त रुपमा पोडकास्ट बनाउने

  २०७७ चैत १६ गते १२:१८     विकासन्युज

काठमाडौं । पञ्चकन्या फाउन्डेशन र अजिसले संयुक्त रुपमा पोडकास्ट बनाउने सम्झौता भएको छ । वृद्धवृद्धाहरुको असाधारण जीवनगाथा र अनुभव उजागर गर्नको लागि उपयुक्त स्थान उपलब्ध गराउने उद्धेश्यले दुई संस्थाबीच पोडकास्ट बनाउने सम्झौता भएका हो ।

पोडकास्ट बनाउन मुख्य उद्घेश्य युवा पुस्ता र बृद्धबृद्धाहरुबीचको पुस्तागत तथा सांस्कृतिक दूरी कम गर्नु र भविष्यमा समेत प्रचीन परम्परालाई निरन्तरता दिनको लागि सहयोग पु¥याउनु रहेको फाउन्डेशनले जानकारी दिएको छ ।

यसको प्रत्येक श्रृङखलाले प्रत्येक श्रृङखलाहरु नेपाली, नेवारी तथा अंग्रेजी भाषामा रेकर्ड गर्ने गरिएको छ ।

पञ्चकन्या फाउन्डेशन सामाजिक क्रियाकलापहरुमा सहभागी हुने एउटा संस्था हो जुन पञ्चकन्या ग्रुपअन्तर्गत निर्माण सामग्रीहरुको उत्पादन तथा विभिन्न व्यापारिक क्षेत्रमा सन् १९७२ देखिनै अग्रणी रुपमा रहँदै आएको छ ।

यस्तै अजिस पनि एउटा सामाजिक क्षेत्रमा पाको उमेरका मानिसहरुलाई स्वस्थ तथा सुखमय जीवनयापन गर्नका लागि उनीहरुमा भएको ज्ञान, सीप र अनुभवलाई प्रवर्धन गर्न मद्दत पु¥याउने संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.