भक्तपुरकाे सूर्यविनायकमा अग्नि ग्रुपकाे नयाँ सर्भिस सेन्टर

  २०७७ चैत १३ गते १६:१०     विकासन्युज

काठमाडौं । अग्नि ग्रुपले भक्तपुर सूर्यविनायकमा सर्भिस सेन्टर खोलेको छ ।

महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत विक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्कस प्रालिले सूर्यविनायक–१०, भक्तपुरमा महिन्द्रा फोरव्हीलर सवारी साधनहरूको आधिकारीक सर्भिस सेन्टर खोलेको हो ।

कम्पनीका अनुसार सेवा केन्द्र “भक्तपुर मोटो टेक“ त्यस क्षेत्रका लागि बालाजु अटोवक्र्सको अधिकृत सुसज्जित डिलर हो ।

बालाजु अटोवर्कस प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माले सबै महिन्द्रा सर्भिसिङ केन्द्रहरू ग्राहकहरुलाई अधिकतम सन्तुष्टि दिनका केन्द्रित रहेकाे बताए ।

उक्त सर्भिस सेन्टरले ग्राहकहरूलाई महिन्द्रा अटोमोबाइल्सका स्कर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० र थारलगातका सबै उत्पादन श्रृंखलाको बिक्री–सेवा र सक्कली स्पेयर पार्ट्स उपलब्ध गराउने शर्माले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.