अधिकाशं उद्योग मापदण्ड विपरीत सञ्चालनमा

  २०७७ चैत १२ गते १९:५९     विकासन्युज

काठमाडौं । नेपालमा सञ्चालित उद्योग मध्येमा दाना उद्योग मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आठ महिनाको प्रतिवेदन अनुसार अन्य उद्योगको तुलनामा दाना उद्योग मापदण्ड विपरीत सञ्चालन भएको पाइएको हो ।

विभागले चालु आर्थिक वर्षको आठ महिनामा (गत साउनदेखि फागुन मसान्तसम्म) बजार अनुगमन तथा निरीक्षणबाट दुई हजार २८४ नमूना संकलन गरेको थियो । उक्त नमुना मध्येमा एक सय २७ वटा नमूना मापदण्ड विपरित रहेको पाइएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक उपेन्द्र राया एक सय २७ वटा नमूना मध्येमा ३१ वटा दाना उद्योग मापदण्ड विपरीत सञ्चालन रहेको पाइएको बताउँछन्छ । यस्तैगरी, १८ वटा प्रशोधित पिउने पानीको उद्योग, २० वटा खाद्यान्न तथा १९ वटा तेल तथा घ्यु जन्य उद्योग मापदण्ड विपरित सञ्चालनमा रहेका छन् ।

७६ उद्योगमा मुद्दा दर्ता

विभागले चालु आर्थिक वर्षको आठ महिनाको अबधिमा खाद्य ऐन तथा नियम अनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गर्ने ७६ वटा मुद्दा दर्ता गरेको छ ।

विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर पहिलो चौमासिकमा २६ र दोस्रो चौमासिकमा ५० थान मुद्दा दर्ता भएको महानिर्देशक रायले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै मुद्दा प्रशोधित पिउने पानीमा रहेको छन् । आठ महिनाको अबधिमा पानीका ११, तयारी चाउचाउका ७, मसलाका ६, घ्युका ५, तेल, बेकरी, दाना, बिस्कुट लगायतका उद्योगमा चार वटा मुद्दा दर्ता भएको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.