यसरी सार्वजनिक गरियो डिएफएसके ग्लोरी आई-अटो गाडी (फोटो फिचरसहित)

  २०७७ चैत ११ गते १९:३०     विकासन्युज


काठमाडाैं । डिएफएसकेको अधिकारीक वितरक कुजु नेपाल प्रालिले डिएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई-अटो नेपालमा सार्वजानिक गरेको छ । कम्पनीले सो गाडी बुधबार सार्वजनिक गरेको हो ।

यसअघि ग्लोरी सिरिजका ५ सय ६० र ५ सय ८० एसयूभी विक्री गर्दै आएको कम्पनीले अब नयाँ मोडल आई-अटो थप भएको छ । आई-अटोलेएक इन्टेलिजेन्ट एसयूभी हो । यसमा रहेका धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिन्छ ।

ग्लोरी आई-अटोले ७ सिटर इन्टेलिजेन्ट एसयूभीको उपमा पाएको छ । यो एसयूभी नेपाली बजारमा उपलब्ध समान मूल्यका एसयूभिहरु भन्दा धेरै एड्भान्स फिचरले भरिपूर्ण रहेको छ । डिएफएसकेको एसयूभी लग्जरी तथा उच्च माइलेजका लागि पनि विश्व बजारमा चर्चित रहेका छन् ।

इन्टेलिजेन्ट एसयूभी ग्लारी आई-अटोमा आईटक नामको एस भ्वाइस कमाण्डको विशेषता पाउन सकिन्छ । यसको सहायताले हाई ग्लोरी कमाण्ड दिएर गाडीलाई विभिन्न खालका कार्य गराउन सकिन्छ । यसको प्रयोगले मुख्य फोन कल एसेस सिस्टम, मिडिया कामण्ड, कार कन्ट्रोल, भाइस नेभिगेसन, कनेन्टिभिटी फिचर संचालन गर्न सकिन्छ । यस एसयूभीमा बसेपछि फोनबुकमा नम्बर खोजेर डायल गरिरहनु पर्दैन ।

यसरी सार्वजनिक गरियो डिएफएसके ग्लोरी आई-अटो गाडी (फोटोफिचर)

सम्बन्धित समाचार

डिएफएसके ग्लोरी आई-अटो सार्वजनिक, यस्ता छन् गाडीका विशेषता

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.