शे फोक्सुन्डो तालमा वर्ल्डलिंकको निःशुल्क वाइफाइ सेवा

  २०७७ चैत ११ गते १२:०२     विकासन्युज

काठमाडौं । ‘सबैलाई जहाँ पनि, जहिले पनि जोड्ने’ आफ्नो मुख्य उद्देश्यलाई अनुसरण गर्दै वर्ल्डलिंक कम्युनिकेशन्सले शे फोक्सुन्डो तालमा आफ्नो निःशुल्क वाइफाइ सेवा शुरू गरेको छ ।

नेपालको प्रमुख तालमध्ये कान्जिरोवा हिमालको काखमा अवस्थित समुन्द्री सतहभन्दा करीव ३ हजार ६ सय ६० मिटरको उचाइमा कर्णाली प्रदेशको डोल्पा जिल्ला अन्तर्गत नेपालको मुख्य पर्यटकीय स्थल फोक्सुण्डो ताल जसलाई विश्वभर शे फोक्सुण्डो तालको नामले समेत चिनिन्छ ।

हिमाली ताजा र सफा पानीले भरिएको यो ताल नेपालको धेरै गहिरो र ठुलो ताल हो । यो ताल यसको मन्त्रमुग्ध सुन्दरताको लागि विश्व प्रसिद्ध छ ।

निःशुल्क वाइफाइ सेवाको उद्घाटन प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र वल्र्डलिंकका अध्यक्ष दिलीप अग्रवालले गरेका हुन् । उदघाटन समारोहमा वल्र्डलिंकका निर्देशक मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत केशव नेपाल , शे फोक्सुन्डो गाउँ पालिका वडा नं ८ का वडा अध्यक्ष निमा लामा, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रतिनिधि चन्द्रबहादुर घर्ती उपस्थित थिए ।

सो उदघाटन समारोहमा बोल्दै वर्ल्डलिंक कम्यूनिकेशन्सका अध्यक्ष अग्रवालले नेपालको प्रमुख पर्यटकीय स्थलमा आउने पर्यटकका लागि सूचना प्रविधि अति नै महत्वपूर्ण भएकाले गुणस्तरीय सेवाका लागि फाइवरको विकल्प नभएको बताए । गास बास कपाससँग आजको युगमा सूचना प्रविधि पनि जोडिएको छ भन्दै उनले इन्टरनेटको प्रयोगले नेपालीको जीवनस्तरलाई परिवर्तन गर्न गर्न सक्ने बताए ।

‘सूचना प्रविधि स्थानीय जनता तथा विद्यार्थीका लागि ज्ञान हासिल गर्ने माध्यम बन्न सक्छ, जुन स्थानमा बाटो घाटो, अस्पतालको अभाव छ सोही ठाउँका लागि इन्टरनेट समस्याको समाधान हुन सक्छ । आफू डाक्टर नभए पनि इन्टरनेटबाटै एक जना विमारीको लागि आफनो डाक्टर साथीसँगको सल्लाहले विमारीको उपचार फोक्सुण्डोमै गरेको उदाहरण छ, उच्च गतिको इन्टरनेटका लागि वर्ल्डलिंकले डोल्पा जिल्लासम्म फाइबर विस्तार गर्न तयार रहेको छ तर, सोका लागि सरकारले पूर्वाधारको विकास विस्तार गर्नुपर्छ,’ अध्यक्ष अग्रवालले भने ।

फोक्सुण्डोसम्म इन्टरनेट पुर्याउन वल्र्डलिंकले विभिन्न ११ स्थानमा टावर जडान गरेको अध्यक्ष अग्रवालले जानकारी दिए । अब फाईवर जडानको लागि योजना तयार गर्ने पनि उनले बताए ।

कर्णाली प्रदेश प्राकृतिक सुन्दराताले भरिपूर्ण तथा निकै सम्भावना बोकेको प्रदेश रहेको मुख्यमन्त्री शाहीले बताए । कर्णाली प्रदेशमा उपलव्ध स्रोत साधन प्रचुर रहेको भन्दै उनले सम्भावनाको प्रयोग गर्न नसिकिएको हुनाले सोको विश्व बजारमा पहिचान गराउन समस्या भएको उनको भनाइ छ ।

‘कर्णाली प्रदेशमा उपलब्ध श्रोत साधनलाई विश्व वजारमा पुरयाउने माध्यम सूचाना प्रविधि पनि एक होे , विकट स्थानमा बसोवास गरेका जनतालाई विश्वसमुदाय समक्ष जोडन सूचना र प्रविधि महत्वपूर्ण हुन्छ तर, नाफामुलक सेवाको सम्भावना कम भएकोले अन्य सेवा प्रदायकहरुको कम चासो रहेका वेला सेवामुलक कार्यमा वर्ल्डलिंकले देखाएको अग्रसरताले सूचनाबाट कुनै पनि पर्यटक आफन्त, घरपरिवार, साथी भाइसँग जोडिने तथा सम्पर्क विच्छेद नहुने हुनाले पर्यटकको रोजाइ बन्नेमा म विश्वस्त छु, रारा महोत्सवले यो कुरा स्पष्ट पारेको पनि छ,’ मुख्यमन्त्री शाहीले भने ।

कर्णाली प्रदेशले कर्णाली पर्यटन वर्ष घोषणा गर्दा रारा तालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ल्डलिंकले प्रदान गरेको निःशुल्क इन्टरनेट सेवाबाटै पर्यटन वर्षको उद्घाटन भएकोमा आजसम्म रारा जाने पर्यटकका लागि सूचनाको पहुँच पुगेको स्मरण गर्दै उनले सेवालाई गुणस्तरीय बनाउन फाईवरका लागि प्रदेश सरकार तयार रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.