राष्ट्र बैंकका नवनियुक्त प्रवक्ता ढकालले आजदेखि कार्यभार सम्हाल्ने

  २०७७ चैत ११ गते ११:५७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त प्रवक्ता देवकुमार ढकालले आज(चैत ११ गते) कार्यभार सम्हाल्ने भएका छन् । चैत १० गतेदेखि बैंकको प्रवक्तमा तोकिएका ढकालले आजबाट बैंककाे प्रवक्ताकाे कार्यभार सम्हाल्ने भएका हुन् ।

उनी बैंकको कार्यकारी निर्देशक(विशिष्ट श्रेणी) मा रहेका थिए । बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक ढकालले व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकका विभिन्न विभागहरुमा २५ वर्ष कार्य अनुभव हासिल गरेका छन् ।

यसअघि बैंकको प्रवक्तामा गणाकर भट्ट रहेका थिए । उनले विगत १४ महिनाजति नेपाल राष्ट्र बैंकको प्रवक्ताको रुपमा कार्यभार सम्हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.