आइएमई पे एपबाट सबै क्युआर काेड स्क्यान गर्न मिल्ने

  २०७७ चैत १० गते १५:२६     विकासन्युज

काठमाडौं । आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर काेड स्क्यान गर्न मिल्ने भएको छ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमई पे क्यु आर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

याेसँगैं सबै क्युआर काेड स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एकमात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप बनेकाे कम्पनीकाे दाबी छ ।

नेपालमा क्युआर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई आफुहरुकाे यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरिएको कम्पनीले जनाएकाे  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.