शाइन रेसुङ्गाको रणनीतिः स्टेकहोल्डरको इच्छा जसरी नि पुरा गर्ने, सर्भिस डेलिभरीमा ‘नो कम्प्रोमाइज’

  २०७७ चैत ८ गते २३:२३     प्रकाश पौडेल

शाइन रेसुङ्गा बैंक २०६५ सालमा शाइन डेभलपमेन्ट बैंक लिमिटेडको नाममा रुपन्देहीको बुटवलमा ३ जिल्ला कार्य क्षेत्र भएर स्थापना भएको बैंक हो । स्थापनासँगै करिब ४ वर्षपछि (अर्थात २०६९ सालमा) गुल्मी जिल्लाको रेसुङ्गा विकास बैंक लिमिटेड जसको एक जिल्ला कार्यक्षेत्र थियो, त्यो बैंकलाई मर्ज गरेर शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक भयो । उक्त बैंकलाई मर्ज गरी सकेपछि कार्य क्षेत्र पनि ३ जिल्लाबाट बढाएर १० जिल्लामा विस्तार गर्यौं ।

र, त्यसपछि २०७३ सालमा प्युठान जिल्ला कार्यक्षेत्र भएको गौमुखी विकास बैंकलाई फेरि हामीले मर्ज गर्यौं । त्यसपछि हालैमात्र अर्थात करिब डेढ वर्षअघि बाँके जिल्लामा केन्द्रिय कार्यालय भएको भार्गव विकास बैंक लिमिटेड र रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रिय कार्यालय भएको पूर्णिमा विकास बैंकलाई एक्वायर गरेर राष्ट्रिय स्तरको विकास बैंकको १० वर्षको यात्रा सम्पन्न गरेको हौं ।

तीन जिल्ला कार्यक्षेत्रबाट १२ वर्षमा हामी राष्ट्रिय स्तरमा प्रवेश गर्यौं । करिब डेढ वर्ष अगाडि हामीले राष्ट्रिय स्तरको लाइसेन्स पाएका थियौं । र, नेशनल नेटवर्कमा एक्स्पान्सन गर्ने क्रममा कोभिडको महामारीको कारणले गर्दा केही समय पछि मात्र हामी उक्त नेशनल नेटवर्कमा प्रवेश गर्न गइरहेका छौं । हालै हामीले पोखरा र महेन्द्रनगरमा बजार विस्तार गर्यौं र अब केही दिनमा धनगढीमा पनि हुँदै छ ।

आज (चैत ८ गते) बाट औपचारिक रुपमा हामीले काठमाडौंमा ५ वटा ब्रान्च (शाखा) बाट बजार विस्तार गर्दैछौं । योसँगै शाइन रेसुङ्गा बैंकको नेटवर्क कूल ८० वटा शाखा हुने छ । यसको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा आफ्नै भवनमा रहेको छ ।

हामी २०७७ साल फागुन ११ गतेबाट १२ वर्ष पार गरेर १३ वर्षमा प्रवेश गरेका थियौं । त्यही अवसरमा हामीले हाम्रो केन्द्रिय कार्यालय पनि आफ्नौ भवनमा स्थापना गरेका हौं ।

२०६५ सालमा एउटा सानो वित्तीय संस्थाको रुपमा हाम्रो स्थापना भएको थियो । र, त्यतिखेर केन्द्रिय बैंकको वित्तीय पहुँच वृद्धिको लागि सानो क्यापिटलमा एक जिल्ला विकास बैंक हुनु पनि त्यतिखेर धेरै ठूलो थियो । एक करोड रुपैयाँ चुक्ता पुँजीमा सानो बैंकले वित्तीय पहुँचमा हामीले त्यो बेलामा धेरै नै काम गर्यौं । ग्रामीण बैंकिङ्गमा हामीले धेरै काम गर्यौं ।

कुनै बेला यस्तो थियो, हाम्रो १५/२० वटा शाखा हुने बेलामा हाम्रा अधिकांश शाखाहरु पहाडी जिल्लामा अर्थात अत्यन्त ग्रामीण क्षेत्रमा थिए । त्यो बेलामा हामीले हाम्रो पहुँच वृद्धि गर्नमा र आय नै नभएकालाई एउटा आयको सृजना गर्ने एउटा सानो भए पनि लघुउद्यममा यो बैंकले काम गरेको छ ।

१२ वर्षको अवधिमा बैंकको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ । अहिले हामीसँग ४ अर्ब माथिको पुँजी कोष छ । यसैगरी ३ जिल्ला नेटवर्क भएकोमा अहिले हामी राष्ट्रिय स्तरमा छौं । यो १२ वर्षमा बैंकले ३३ अर्ब रुपैयाँबढी निक्षेप संकलन गरी ३० अर्ब रुपैयाँ बढी कर्जा परिचालन गर्न सफल भएको छ । करिब ४ लाख बढीको ग्राहकहरु हुनुहुन्छ । र, आज हामी यो वेसमा अब राष्ट्रिय स्तरमा काठमाडौंमा आएका छौं ।

यो बैंक २०६५ सालमा स्थापना हुँदा हामी सबैभन्दा कान्छो विकास बैंकको रुपमै थियौं । र, आज राष्ट्रिय स्तर (नेशनल लेभल)मा जाँदा पनि नेशनल लेभलको विकास बैंकमध्ये सबैभन्दा कान्छो विकास बैंककै रुपमा रहेका छौं । मतलब, करिब ९० को हाराहारीमा रहेका विकास बैंकमा यो विकास बैंकले त्यतिखेर त्यो बैंकिङ्ग क्षेत्रमा प्रतिस्पर्धा गर्नु पनि चुनौतिपूर्ण थियो भने आज हामी कान्छो विकास बैंकको रुपमा अगाडि बढी राख्दा पक्कै पनि फेरि त्यो चुनौति कायमै छ ।

यहाँहरुले विगत १२ वर्षदेखि यो बैंकप्रति जुन विश्वास गर्नुभएको छ । जुन माया गर्नुभएको छ । यो बैंकको ओनरशीप लिनुभएको छ । हामी जहिल्यै पनि भन्छौं बैंक कसको ? बैंक सबै स्टेकहोल्डरहरुको हो । यसको सेयरहोल्डहरु हुनुहुन्छ होला । यसको डिपोजिटरहरु हुनुहुन्छ होला । यसको क्रेडिटरहरु हुनुहुन्छ होला । हामी जुन ठाउँमा छौं, त्यहाँको कम्युनिटी होला । त्यसैले यो सबै स्टेकहोल्डरको बैंक हो । र, हामी अनुरोध गर्छौं यो बैंकको ओनरशीप (स्वामित्व) यहाँहरुले दिनुहुने छ । विगतमा पनि त्यो ओनरशीप लिएको कारणले र हामीलाई विश्वास गरेको कारणले हामीले १२ वर्षको यो चुनौतिपूर्ण यात्रा पार गरेर अब हामी १३ वर्षमा लागेसँगै काठमाडौंमा प्रवेश गरेका छौं ।

हामी यहाँहरुसँग प्रतिवद्धता व्यक्त गर्दछौं । त्यो ग्रामीण क्षेत्रमा रहेर हामीले व्यवसाय गर्दा हामीसँग धेरै लिमिटेसनहरु थिए । ग्राहकलाई सेवा पर्याउने कुरामा हामीसँग सीमित पूर्वाधार थिए । अब हामी ५० प्रतिशतभन्दा बढी आर्थिक कारोबार हुने, बैंकिङ्ग कारोबार हुने काठमाडौंमा प्रवेश गरेका छौं । र, यो अवसरमा यहाँहरुलाई हामी के भन्छौं भने हामीले केही नयाँ कुरा गरिहेका छैनौं । एउटा बैंकरले जे गर्नुपर्ने हो । एउटा बैंकले जे गर्नु पर्ने हो । हामी त्यही रोल मात्र गर्छौं, त्योभन्दा बाहिर जाँदैनौं । कर्पोरेट गभर्नेन्स, इथिकल बैंकिङ्ग, प्रुडेन्ट बैंकिङ्ग, इन्टरनेट कन्ट्रोल र सर्भिस डेलिभरीमा जोड दिन्छौं । त्यही कारणले नै हामी यहाँसम्म आएका छौं । र, हाम्रो यी कुरालाई नै यहाँहरुले स्वीकार गरिदिनु भएको छ भन्ने विश्वास छ ।

बैंकको सीईओ रुपमा म यहाँहरुसँग फेरि पनि प्रतिवद्धता गर्न चाहन्छु । यो प्रतिस्पर्धी बैंकिङ्ग वातावरणमा यहाँहरुले एउटा विकास बैंकबाट के चाहानुहुन्छ, यहाँहरुले खोजेको जस्तो सेवा सुविधा शतप्रतिशत पुरा गर्नमा प्रतिवद्ध छौं । हजुरहरुको यो बैंकप्रति जे जस्तो एक्स्पेक्टेशन छ, त्यसलाई पुरा गर्न हामी हरेक समय प्रतिवद्ध रहेको निवेदन गर्दछु ।

(आइतबार काठमाडौंमा ५ शाखा उद्घाटन गर्ने कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पौडेलले राखेका बिचारमा सम्पादित अंश)

सम्बन्धित समाचार

शाइन रेसुङ्गाको बैंकिङ सेवा अब काठमाडौंमा पनि, एकैदिन उद्घाटन गर्यो ५ नयाँ शाखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.