मेडिसिटी अस्पतालले एन्फाका खेलाडीहरुलाई स्वास्थ्य उपचार प्रदान गर्ने

  २०७७ चैत ८ गते १६:५७     विकासन्युज

काठमाडाैं । नेपाल मेडिसिटी अस्पताल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच आइतबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा दिृपक्षिय सम्झौता भएको छ ।

खेलाडीहरुको स्वास्थ्यलाई ध्यानमा राखी दक्ष चिकित्सक, फिजियोथेरापिष्ट, र उच्चस्तरीय उपकरण सहितको स्पोर्टस् मेडिसिन सेवा प्रदान गर्न नेपाल मेडिसिटी अस्पतालले नेपाली फुटबलको नियामक निकाय एन्फासँग सम्झौता गरेको हो ।

उक्त सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले हसताक्षर गरे ।

यस सम्झौता अनुसार नेपाल मेडिसिटी अस्पतालले एन्फासंगको सहकार्यमा खेलाडिहरुको सुःस्वास्थ्य, तथा आरोग्यमा विशेष ध्यान पु¥याई उनीहरुलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका लागि अब्बल बनाउने अभियानमा नेपाल मेडिसिटी अस्पतालको स्पोर्टस् मेडिसिन विभागले सहयोग गर्नेछ ।

खेल कार्यक्रमहरुमा आकस्मिक तथा प्रारम्भिक स्वास्थ्य उपचारको सारथीका रुपमा अस्पतालले सक्रिय भूमिका निभाउनेछ । साथै, अस्पतालले खेलाडिहरुलाई उपचारका क्रममा क्यासलेस सेवा समेत प्रदान गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.