मध्यपश्चिमाञ्चल विश्वविद्यालय र नेपाल उद्योग वाणिज्य महासंघबीच व्यवस्थापकीय सम्झौता

  २०७७ चैत ८ गते १२:५५     विकासन्युज

काठमाडाैं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय र नेपाल उद्योग वाणिज्य महासंघबीच शनिबार व्यवस्थापकीय सम्झौता भएकाे छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) र नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशकाबीच आर्थिक स्रोतको खोजी, व्यवस्थापन, सम्भाव्यताको पहिचान, लगानी तथा बजारीकरण गर्न सहयोग गर्नका लागी सम्झौता भएको हाे ।

उक्त सम्झाैता पत्रमा मुसोमको तर्फबाट निर्देशक डा. सुशिल कुमार शाही र नेपाल उद्योग वाणिज्य महासंघका कर्णाली प्रदेशका तर्फबाट अध्यक्ष पदम बहादुर शाहीले हस्ताक्षर गरे ।

सम्झौता हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंह, रजिष्ट्रार प्रा। डा. नारायण प्रसाद पौडेल तथा अन्य सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । साे सम्झौता अवधि ५ वर्षको रहने महासंघले जानकारी दिएकाे छ ।

यस् सम्झौतापश्चात आर्थिक तथा शैक्षिक समुन्नतीका लागि दुई संस्थाबीच विभिन्न १७ वटा बुदाँहरु सहित सहकार्य तथा समन्वय हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.