नेपालका सबै शोरुममा अब जावा पेराक, मूल्य साढे ७ लाख , यस्ता छन् बाइकका विशेषता

  २०७७ चैत ७ गते ११:२२     विकासन्युज

काठमाडौं । क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले शुक्रबारबाट जावा मोटरसाइकलका सबै शोरूमहरूमा बीएस–सिक्स इन्जिनयुक्त जावा पेराक बिक्री शुरू गरेको छ ।

कम्रपनीले साे माेटरसाइकलकाे बिक्री शुरू गरेसँगै अब मोटरसाइकलका शोखिनहरूले पेराक बुक गर्न सक्ने भएका छन् । अग्नि मोटो इंकको सबै शाखा र डिलर भएका स्थानमा टेस्ट राइडको लागि पहुँच प्राप्त गर्न सक्नेछन्ज । समा काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवा सम्मिलित छन् ।

जावा मोटरसाइकल नेपालमा गत असोज २७ गते सार्वजनिक गरिएको थियो । यसको डिजाईन र प्रदर्शनको कारण मोटरसाइकल शोखिनहरूको मन जित्न सक्षम भएको कम्पनीले जनाएको छ ।

अहिले अग्नि मोटो इंकले नेपालको बजारमा सबैभन्दा धेरै चर्चित र पर्खाइ रहेको जावा पेराक सम्पूर्ण शाखा र डिलरमा पाउन सकिन्छ । जावा पेराक बीएस–सिक्स ३३४ सीसी, सिंगल सिलिन्डर, लिक्विड–कुल्ड डीओएचसी इन्जिनसहित आएको छ, जुन ३० एचपी पावर र ३२ एनएम टर्क उत्पन्न गर्न सक्षम छ । यो जावा र जावा फोर्टी–टु मोटरका तुलनामा ठूलो बोरका कारणले यो अधिक शक्तिशाली देखिन्छ, । यो इन्जिन सिक्स स्पिड ट्रान्समिसनसँग जोडिएको छ ।

स्टाइलअनुसार पेराक बबर बाइक हो । यो मोटरसाइकल ट्वीटेड चेसिस चेसिस र स्विङ आर्मसहितको कम र लामो आकर्षक आकारको छ । बबर सौंदर्यशास्त्रलाई ध्यानमा राखेर जावा पेराकसँग फ्लोटिङ सिंगल सीट छ, जसको मुनि गोलो ब्रेकलाइट छ । यसबाहेक, पेराकमा बार–एन्ड मिरर, काटिएको फेन्र्डर्स र काटिएको निकासा पाइप (चप्ड फेन्र्डर्स र चप्ड पाइप) तथा र त्रिकोणीय उपकरण बक्स समावेश गरिएको छ ।

पेराकको अगाडिपट्टि सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फोक्र्स रहेको छ भने पछाडि मोनोशक सस्पेन्सन छ । दुवै पाङ्ग्राहरूमा सिंगल डिस्क ब्रेक रहेको छ । जावा पेराकमा डुअल च्यानल एबीएस पनि पाइन्छ । जावा पेराकको सुरुवाती मूल्य ७ लाख ५० हजार रहेको छ । बजारीकरण शुभारम्भ कार्यक्रममा जावा मोटरसाइकल, नेपालका महाप्रबन्धक शरद मिश्रले सम्पूर्ण नयाँ पेराक मोटरसाइकलहरू पूर्ववर्ती मोडेलहरू – जावा र जवा फोर्टी टु–भन्दा बिलकुलै फरक देखिने बताए ।

यसले ग्राहकको मन जित्न सफल हुने उनको दावी छ । उनले भने, ‘यो सहर र राजमार्गहरूमा हाँक्नको लागि बाइक निकै रोमाञ्चक छ । ती व्यक्तिहरूका लागि जो भीडबाट बाहिर निस्कनु भन्दा बढी केही चाहँदैनन् र आफ्नो मोटरसाइकललाई अनुकूलित गर्न ठूलो पैसा खर्च गर्ने विचार गर्दै छन्, उनीहरूका लागि, पेराक एक रोचक विकल्पको अगाडि आउँदछ । पेराक नेपाली बजारमा सफल हुनेछ, विशेष गरी युवाहरू र मोटरसाइकिलप्रेमीहरूमाझ सफल हुनेमा हामी विश्वस्त छौं । ”

के हो जावा पेराक ?

जावा चेक गणतन्त्र, पूर्व चेककोस्लोभाकियाको मोटरसाइकल ब्रान्ड हो । जसको ९० वर्ष लामो विरासतसहित जुन आफ्नो उत्कर्षका समयमा १२० भन्दा बढी देशहरूमा क्लासिक, राम्रो ईन्जिनियरिङ गरिएका र फरक संरचनाका मोटरसाइकलहरू निर्यात ग¥यो ।

यो १९६० को े प्रारम्भमा भारतीय बजारमा प्रवेश गरेको थियो । जावा मोटरसाइकलको दुईवटा पक्षहरू – यसका सुन्दर डिजाइन र सबल पर्फमेन्सको चरित्रले यसले न केवल मन जित्यो तर धेरै विश्व उपाधी÷पद्वीहरू पनि जित्यो ।

पेराकको इतिहास

पेरक नामको प्रयोग सबैभन्दा उत्प्रेरक पनि छ किनकि यो पछिल्लो शताब्दीको सबैभन्दा अन्धकारमय समयतिर फर्कन्छ जतिबेला चेकोस्लोभाकिया नाजीहरूको कब्जामा थियो र जावाको काम खतरानाक एसएसको कमान्डमा तिनीहरूका कर्मचारीका कार, डिस्प्याच बाइक र मोटरसाइकल–साइडकारको संयोजनका साथ भारी सैन्य सवारीसाधनका साथ शीर्ष अवस्थामा राखिएको थियो ।

यी सबैमा, गेस्टापोको नाकैमुनि जावा इन्जिनियरहरू जोसेफ जोजिल र रुडोल्फ व्यकोकलले डा. जे. फ्रेको समूह नेतृत्वमा आफ्नो टिम (गोप्यताको शपथ) बनाइ युद्धका कालो बादलहरू सधैंभरि रहन सक्दैन भन्ने बुझेर आफ्नो नयाँ मोटरसाइकल विकास गरेका थिए ।

चेकहरूले आफ्नो उपकेन्द्र यति प्रभावकारी ढंगले काम गरेका थिए कि उनीहरूले आफ्नो नयाँ मोटरसाइकल विकास गर्न सक्षम नभइ यसको परीक्षण पनि गरिरहेका थिए (वेहरमाच फेग्टिस् र डीकेडब्लू ब्याज लगाएर) ताकि शत्रुताको युग समाप्त भएपछि, युद्धपछि युरोपमा पूर्णत नयाँ बाइकका रूपमा जावा पहिलो हुन तयार थियो । यस बाइकलाई पेराक नाम दिइएको थियो र यसले त्यहाँबाट चेक मोटरसाइकलका लागि सफलताको लागि जग बसाल्यो ।

क्लासिक लिजेन्ड्भित्र डिजाइन टोलीद्वारा अधिकांश त्यही विधिहरू प्रयोग गरिएको थियो जुन क्लासिक मोल्डभन्दा अलि पर रहेर एकभन्दा अधिक तरिकाबाट सुक्ष्म ढंगले जाभाका लागि बनाइएको थियो । यो लामो छ, स्क्वाटर र यसका क्लासिक जोडीदार मोटरसाइकलहरूको तुलनामा यसमा पूरै फरक रुप छ । यसको पछाडिको डिस्क ब्रेक (रेयर डिस्क ब्रेक) पनि मानकको रूपमा आउँदछ जबकि साइड प्यानल र कस्टम श्राउडहरू फरक छ, जस्तो कि अगाडि र पछाडि मडगार्डहरू फरक हुन्छन् ।

म्याट ब्ल्या र ग्रे फिनिस प्लसका साथ ती गोल्डन पिनस्टे प्सले जावा परम्परालाई अगाडि बढाउँछन्, जबकि, तैरिँदो छालाको सिट (फ्लोटिङ लेदर स्याडल) कलाको वास्तविक काम भएजस्तो देखिन्छ । ट्यांकीमा रहेको परेका शब्द, एउटा स्पष्ट कलात्मक स्क्रिप्तमा नामांकित गरिएको छ, जुन नाम बनाउने पाँचमध्ये दुई अक्षर उल्मायुटमुनि छन् । कन्सेप्त बाइककमा अत्याधिक ध्यान दिइने स्ल्यासकट टेल सीधै खुल्ला निकास पाइपहरूमा समाप्त हुन्छ, अझै जुन शोरुम बाइकहरुमा देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.