नेपालमा केटिएम २५० एड्भेन्चर बाइक लन्च, मूल्य ७ लाख ४९ हजार ९ सय रूपैयाँ पर्ने

  २०७७ चैत ५ गते १७:४८     विकासन्युज

काठमाडौं । केटिएमले बहु प्रतिक्षित केटिएम २५० एड्भेन्चर बाइक लन्च गरेको छ । देशभरका केटिएमका डिलरमा यसको बुकिङ्ग खुला गरिएको छ । कम्पनीले केटिएम विश्वको एक नम्बर मोटरसाइकल दावी गरेको छ । यसको मूल्य ७ लाख ४९ हजार ९ सय रूपैयाँ तोकिएको छ । नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो बाइक लन्च गरेको हो ।

कम्पनीले यस अघि केटिएम ३९० एड्भेन्चर लन्च गरेको थियो । एड्भेन्चर बाइकिङ्गका लागि नयाँ मोडलको मोटरसाइकल लन्च गरिएको हो । उत्कृष्ट ह्यान्डलिङ र ईञ्जिन पन्चका साथ लाइटवेट प्याकेजमा आउने यो एड्भेन्चर केटिएमको नवीनतम एडिसन हो । यसको वृहत डिस्प्लेसमेन्ट सिब्लीङको इलेमेन्टहरूको प्रयोग गरेर निर्मित गरिएको छ ।

केटिएम २५० एड्भेन्चरमा २४८ सीसीको अत्याधुनिक डीओएचसी फोर–भल्भ सिंगल सिलिन्डर लिक्विड कूल्ड ईन्जिन छ । यसले पावरब्यान्ड मार्फत सहज र आत्मविश्वास–प्रेरणादायक डेलिभरी प्रदान गर्दछ । इलेक्ट्रोनिक फ्यूल ईन्जेक्शनले ३० एचपी (२२ किलोवाट) पावर र २४ एनएम टर्कमा प्रदर्शन संख्या बढाउन मद्दत गर्छ । प्राविधिक तवरले अत्याधुनिक पावर असिस्ट स्लिपर क्लच (पास्क) ले ६–स्पीड गियरबक्सको माध्यमबाट मुभमेन्टको लागि मद्दत गर्छ । यस मोडेलले उच्च–गुणस्तरीय बनौट, ईन्जिनियरिङ र डाकार र्‍याली हेरिटेज अपनाउछ ।

उच्च–स्तरीय कम्पोनेन्ट्री भएको केटिएम २५० एड्भेन्चर, डब्ल्युपि एपेक्स सेटको स्पेन्शन प्रयोग गरिएको हुन्छ । पछाडिको शक एब्जोबरमा मिलाउन मिल्ने प्रिलोडका साथ १७७ एमएम ट्राभल रेन्ज हुन्छ भने WP APEX अपसाइड–डाउन ४३ mm अगाडिको फोर्कमा १७७ mm ट्राभल रेन्ज हुन्छ ।

ब्रिम्बोद्वारा निर्मित अत्याधुनिक BYBRE ब्रेक्समा ४–पिस्टन र्‍याडियल्ली माउन्टेड क्यालिपरका साथ २३० mm रियर ब्रेक डिस्क र लार्ज ३२० mm फ्रन्ट ब्रेक डिस्क हुन्छ । बोशको अत्याधुनिक ABS प्रणालीले यसमा अफ–रोड मोड थप गरेको छ, जसले ड्यासबोर्डमा भएको बटनबाटै अफ–रोड मोड चयन गरेर चालकलाई ज्यादै साघुरो बाटोमा पनि आरामले चलाउन मद्दत गर्दछ । १४.५ लिटर ट्याङ्क र इन्धन फाह्रो गर्ने BS6 ईमिशन ईञ्जिनले चालकलाई विभिन्न भू–भागमा लामो दूरीको एड्भेन्चरहरु गर्न तम्तयार गर्दछ ।

‘भर्खरैका वर्षहरूले हामीले एड्भेन्चर यात्रामा बढ्दो प्रवृत्ति देखिएका छन् । बाह्य अन्वेषणमा रुचि बढ्दो छ ।’ हन्सराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडका ए.जी.एम बिजय मोक्तानले भने, ‘हाम्रो एड्भेन्चर रेन्ज यो प्रवृत्तिलाई सम्बोधन गर्ने अवधारणाले बनाइएको छ ।’
यसमा नवीनतम प्रविधिको साथ टप–स्पेक कम्पोनेन्टहरूको संयोजन गरेर निर्मित केटिएम एड्भेन्चर २५० ले द्रुत गतिले बढ्दै गरेको एड्भेन्चर क्षेत्रमा आफ्नो छुट्टै मापदण्ड तय गर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.