डिशहोममा मधेस प्लस च्यानल

  २०७७ चैत ५ गते १५:५९     विकासन्युज

काठमाडाैं । नेपाली टेलिभिजनको दुनियाँमा डिशहोमले भरपुर मनोरञ्जनले भरिएको मधेस प्लस च्यानल संचालनमा ल्याएको छ । डिशहोमको च्यानल नं. ११९ मा यो च्यानल प्रशारण भईरहेको छ ।

नेपालमानै पहिलो पटक भोजपुरी चलचित्र, गीत, मैथली, थारु, लगाएतका मधेस क्षेत्रमा प्रचलनमा रहेका विभिन्न भाषा भाषिका गीत संगीत, टेलिचलचित्र तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरुलाई प्रथमिकताका साथ प्रशारण गर्ने तयारि च्यानलले गरिरहेको छ ।

मधेस प्लस च्यानलमा हरेक शुक्रबार राती ८ बजे मैथली भाषाको समसामयिक, सामाजिक टेलिशृंखला मिथिलाञ्चली प्रसारण भईरहेको छ । यस सिरियललाई दर्शकहरुले रुचाउनुका साथै राम्रो प्रतिकृया जनाएकाे कारण साे च्यानल मार्फत डिशहोमले विभिन्न मधेस केन्द्रीत कन्टेन्ट प्रसारण गर्ने तयारी गरिरहेको जानकारी दिएकाे छ ।

उक्त च्यानलमा डिशहाेमले हरेक शनिबार दिउँसो १ वजे भोजपुरी भाषामा हलिउड चलचित्र प्रसारण गरिरहेको छ भने दैनिक ८ शो भोजपुरी भाषाको चलचित्र प्रसारण गरिरहेको छ । डिशहाेमकाे अनुसार चाँडै यस च्यानलमा स्थानीय भाषाको गीत संगीत, टेलिचलचित्र तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण हुनेछ ।

लामो समय देखी नेपाली दर्शकको मनोरञ्जनको चाहानालाई ध्यानमा राखेर डिशहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु संचालन गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.