नबिल बैंकमा काम गर्न अवसर, माग्यो ८९ जना कर्मचारी

  २०७७ चैत ४ गते १०:१७     विकासन्युज

काठमाडौं। नबिल बैंक लिमिटेडले एकैेपटक ठूलो मात्रामा कर्मचारीको माग गरेका छ । बैंकले एक सूचना प्रकाशन गर्दै विभिन्न पदमा ८९ जना कर्मचारीको माग गरेको हो ।

बैंकले खुला प्रतिस्पर्धाबाट म्यानेजमेन्ट ट्रेनी, ट्रेनी असिस्टेन्ट र सूचना प्रविधिमा कर्मचारीको माग गरेको हो । जसमा म्यानेजमेन्ट ट्रेनीमा १५ जना, ट्रेनी असिस्टेन्ट भनेर ७० जना र माग सूचना प्रविधि (आइटी) मा ४ जना कर्मचारी मागिएको छ ।

बैंकले सार्वजनिक गरेको सूचना अनुसार म्यानेजमेन्ट ट्रेनीका लागि एक वर्षको परीक्षण अवधि सकिएपछि अधिकृत तहमा पदस्थापन गरिनेछ । उक्त पदका लागि २८ वर्षभन्दा बढी उमेर भएका व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साइन्स, इन्जिनियरिङ मा स्नातकोत्तर पास गरेका उम्मेद्वारले आवेदन दिन सक्नेछन् ।

यसैगरी, ट्रेनी असिस्टेन्टमा २५ वर्ष पूरा भएको तथा स्नातक पास गरेकाहरुले आवेदन दिन सक्नेछन । सूचना प्रविधि क्षेत्रमा आवेदन दिन आइटी/इन्जिनियरिङमा स्नातक पास गरेको हुनुपर्नेछ ।

सबै पदका लागि आवेदन गर्ने अन्तिम समय २३ मार्च अर्थात चैत १० सम्म रहेको छ । बैंककाे अनुसार नयाँ माग गरिएका कर्मचारी सातै प्रदेशका लागि रहनेछन् ।

One comment on "नबिल बैंकमा काम गर्न अवसर, माग्यो ८९ जना कर्मचारी"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.