बजाजको नयाँ शोरुम फिदिममा

  २०७७ चैत ४ गते १०:०७     विकासन्युज

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले फिदिममा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘समृद्धि एण्ड ब्रदर्स’को उद्घाटन गरेको छ ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले फिदिममा पनि शोरुम संचालनमा ल्याएको जानकारी दिएकाे छ ।

कम्पनीले ‘समृद्धि एण्ड ब्रदर्स प्रा. लि’ फिदिमका प्रोपराइटर संजिव जोशीलाई उक्त शाेरुमकाे डिलरसीप प्रदान गरेकाे छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने विश्वास लिएकाे कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.