२१ सय माउन्टेन गाइडले पहिलो पटक सरकारी लाइसेन्स पाउने

  २०७७ चैत ३ गते १५:४४     विकासन्युज

काठमाडौं । पर्वतीय पथ प्रदर्शक क्षेत्रमा लामो समयदेखि कार्यरत माउन्टेन गाइडलाई सरकारले पहिलो पटक लाइसेन्स वितरण गर्ने भएको छ । यसअघि नै विभिन्न निकायबाट लाइसेन्स लिएका पर्यटक गाइडलाई पर्यटन विभागले पहिलो पटक ‘माउन्टेन गाइड’ को लाइसेन्स वितरण शुरु गर्न लागेकोे हो ।

लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय रहेर अन्य निकायबाट लाइसेन्स पाएका २१ सयबढी गाइडले पहिलो पटक सरकारले दिएको इजाजत (लाइसेन्स) लिन पाउँने भएका हुन । नेपाल पर्वतारोहण संघ (एनएमए) बाट रातो किताब लिएका तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट तह चार को माउन्टेन गाइडको प्रमाणपत्र पाएकाले सरकारी लाइसेन्सका लागि अनलाइन आबेदन दिन सक्नेछन् ।

विभागले यसअघि प्रमाणपत्र पाएका गाइडलाई लाइसेन्स लिनका लागि चैत १ गतेबाट अनलाईन फर्म खुला गरेको हो । पहिलो पटक जारी गर्न लागेको उक्त इजाजतको अबधि पाँच वर्षको रहनेछ ।

यसअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट तह चार को माउन्टेन गाइड प्रमाणपत्र लिने ११ जना र नेपाल पर्वतारोहण संघबाट रातो किताब पाएका दुई हजार ९४ जना गरी २१ सय पाँच जनाले पहिलो पटक लाइसेन्स प्राप्त गर्नेछन् ।

गत वर्षबाट मात्र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले सीप परिक्षण गरी तह चारको माउन्टेन गाइण प्रमाणपत्र दिन शुरु गरेको हो । सीप परिक्षणबाट ११ जनाले तह चारको प्रमाणपत्र पाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.