करोड लगानीको रमाको नेभर माइन्ड रेष्ट्रो, कालिजको सुपदेखि बँदेलको तास, काठमाडौं बाहिर ब्राञ्च खोलिदैँ

  २०७७ चैत २ गते ९:४५     नरेन्द्र रौले

काठमाडौं । अनामनगरको भाटभटेनीबाट ५० मिटर उत्तरतिर लम्किदा बाटैमा पर्छ, नेभर माइन्ड रेस्ट्रो । तीन महिनाअघि सञ्चालनमा आएको यो रेस्टुराँले छोटो अवधिभित्र बेग्लै छाप छोडिसकेको छ । १३ आना क्षेत्रफलमा नयाँ संरचनामा नेभर माइन्ड रेस्ट्रो सञ्चालनमा आएको हो । पार्किङ सुविधा भएको यो रेस्टुराँको सञ्चालक हुन्, रमाकुमारी शाही ।

एक चोटी यो रेस्टुराँ पसेपछि ग्राहकले नर्बिसियुन् भनेर युनिक नाम राखेको उनले बताइन् । ९ वर्षका लागि भाडामा लिएर यो रेस्टुराँ सञ्चालनमा आएको हो । राजधानीमा सबैभन्दा बढी समस्या पार्किङकै हुन्छ । यो रेस्टुराँ आउनेहरूले त्यो समस्या भोग्नु पर्दैन । रेस्टुराँको आफ्नै पार्किङ एरिया छ । यहाँ एकै पटक १ सय वटा सवारीसाधन अटाउने क्षमता छ ।

नेभर माइन्डको मेनु

नेभर माइन्डको मेनु अन्यत्र भन्दा फरक छ । ११ वर्ष अनुभव बटुलेका सेफ सूर्य तिमिल्सिना फरक र बेग्लै स्वाद पस्किन सिपालु छन् । रेस्टुराँ सञ्चालक शाहीको दक्षिणकाली र किर्तिपुरमा उनको कालिजको आफ्नै फार्म छ । त्यसै फार्मबाट ल्याइएको कालिजको सुप चखाईन्छ । यहाँ थरीथरी बिर्‍यानीका आइटम पाइन्छन् । नेभर माइन्ड बिर्‍यानी, अम्मुर बिर्‍यानी, दम बिर्‍यानी जस्ता आइटम उपलब्ध छन् ।

यो रेस्टुराँमा बँदेलबाट बनाईएका बिभिन्न परिकारहरू चाख्न सकिन्छ । बँदेलबाट बनेको तास, सेकुवाका साथै बँदेल पोलेको, बँदेल डामेको, बँदेल टिम्बुरको स्वाद चाख्न सकिन्छ । यस्तै कालिजका पनि विविध आइटमहरू उपलब्ध छन् । ग्राहकले आफ्नो इच्छा अनुसार कालिजको सेकुवा, कालिजको तास, कालिज पोलेको, कालिजको झोल, कालिज टिम्बुर अर्डर गर्न सक्छन् । लोकल कुखुराका बनेका बिभिन्न परिकार पनि यहाँ उपलब्ध छन् ।

मम झानेको, नेभर माइन्ड स्पेशल चिल्ली, नेभर माइन्ड स्पाइसी स्पेशल, चिकेन स्ट्राइप्स, चिकेन डाइनामिक यो रेस्टुराँको मेनुमा रुचाइएका परिकार हुन् ।

‘अरू रेस्टुराँमा पाइने आइटम पनि यहाँ फरक स्वादका साथ पस्किन्छौंऽ परिकारको सजावट देखेपछि पहिले आँखाले खान्छ, त्यसपछि मात्र मुखले,’  सेफ न्यौपाने भन्छन् ।

हरेक परिकारको स्वाद लिनका लागि ३५ मिनेट कुर्नुपर्छ । फ्रेस बनाएर पस्किने गरेको उनी बताउँछन् ।

आकर्षक सजावट

नेभर माइन्डभित्र छिर्ने बित्तिकै यहाँको सजावटले आकर्षण गर्छ । भित्तामा कोरिएका आकर्षक पेन्टिङ, लाइटहरुले माहोल नै अर्कै बनाइदिन्छ । ८ वटा भिआइपी क्याबिन छन् । हरेक क्याबिनमा १० जना मानिस बस्न सक्ने क्षमता छ । एउटा ठूलो हल छ, जसमा २५ जना बस्न सक्छन् । बर्थ डे पार्टी र अन्य कार्यक्रम आयोजना गर्न सकिन्छ । भूँइ तलामा ५० जना अटाउने क्षमता छ ।

यस्तै बारमा ३० जना मानिस अटाउने क्षमता छ ।

‘अनामनगर क्षेत्रमा यो ए ग्रेड रेस्टुराँ हो, यहाँ प्रयोग गरेका फर्निचरहरू फाइभ स्टारमा होटेलमा मात्र देख्न पाइन्छ,’ शाही भन्छिन् ।

लाइट र पेन्टिङमा धेरै लगानी गरेको उनी बताउँछन् ।

यो रेस्टुराँ एक पटक आएर परिकारको स्वाद चाखेको व्यक्ति फर्केर आउने गरेको शाही बताउँछिन् । सञ्चालक शाहीका अनुसार रेस्टुराँको सुरुवाती लगानी १ करोड रुपैयाँ छ । हाल दैनिक कारोबार ३० देखि ३५ हजार रुपैयाँसम्म हुन्छ । बिभिन्न राजनीतिज्ञ, ब्यापारी, कलाकार, खेलाडी, सेलिब्रिटीहरूले यो रेस्टुराँमा पाइला टेकिसकेका छन् । सबैले हौसला र उत्साह दिएको शाही बताउँछिन् । शाहीलाई उनको घर, परिवारबाट एकदमै सहयोग र साथ छ ।

रेस्टुराँ बिहान ९ बजेदेखि राती ११ बजेसम्म खुल्छ । नेभर माइन्डमा कर्पोरेट कल्चर छ । सबै स्टाफहरूको फाइभ स्टारकै जस्तो ड्रेस छ । सर्भिस विद् स्माइल भन्ने नीतिलाई अवलम्बन गरिएको छ । होटेल म्यानेजमेन्ट पढेका विद्यार्थीहरू नै यहाँ कार्यरत छन् ।

रेस्टुराँमा १६ जना स्टाफ छन् । किचेनमा ७ जना, ५ जना वेटर, मार्केटिङ म्यानेजर र क्यासमा ४ जना र रेस्टुराँको जिएम एक जना छन् । यहाँ हरेक हप्ता स्टाफहरुलाई टेबल सेटिङ, सजावट, टेबल म्यानर, खान सर्भ गर्ने तरिका, अतिथिलाई स्वागत, सत्कार गर्ने विषयमा प्रशिक्षण दिइन्छ ।

अबको केही समयपछि राजधानीमा नेभर माइन्ड रेस्टुराँका ब्राञ्च खोल्ने तयारी भईरहेको सञ्चालक शाही बताउँछिन् ।

‘राम्रो बजार लिदै गए उपत्यका बाहिर पनि सुरु गर्ने योजना छ,’ शाही भन्छिन् ।

2 comments on "करोड लगानीको रमाको नेभर माइन्ड रेष्ट्रो, कालिजको सुपदेखि बँदेलको तास, काठमाडौं बाहिर ब्राञ्च खोलिदैँ"

  • sagar ji says:

    यहाँ प्रयोग गरेका फर्निचरहरू फाइभ स्टारमा होटेलमा मात्र देख्न पाइन्छ……yo chai ali badi nai bhannu bhayo ki

  • c.k.shahi says:

    VERY GGOOD

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.