हीरो मोटोकर्पकाे एक्स्ट्रिम १६० आर र हंक १६० आर नेपाली बजारमा

  २०७७ चैत १ गते १७:१०     विकासन्युज

काठमाडौं । मोटोकर्पले आइतबार नेपालमा दुई नयाँ प्रिमियम मोटरसाइकल हीरो एक्स्ट्रिम १६० आर र हीरो हंक १६० आर भित्राएकाे छ ।

लोकप्रिय प्रिमियम ब्रान्ड एक्स्ट्रिममा एक उल्लेखनीय र शक्तिशाली नयाँ अध्याय थप्दै हिरो एक्स्ट्रिम १६० ले प्रिमियम मोटरसाइकल सेगमेन्टमा हिरो मोटोकर्पको उपस्थितिलाई अझ सबल बनाउने कम्पनीले जनाएको छ । मोटरसाइकलले आराम र नियन्त्रणको सर्वोत्कृष्ट मिश्रण शक्तिपूर्ण अवस्थितिसहित पर्फमेन्स, स्पोर्टीनेस र अन्य विशेषताहरूको एक अतुलनीय मिश्रण प्रदान गर्दछ ।

एक्स्ट्रिम १६० आर, एक नयाँ-हंक १५० आरको साथ आएको छ, जुन नयाँ युगको स्टाइलको साथ बेजोड सवारी सञ्चालन (राइडिङ) अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।

दुवैै नयाँ मोटरसाइकलले नेपालका युवाको आकांक्षा पूरा गर्नेछ भने पर्फमेन्स, स्टाइलिङ र भिन्न आकर्षणको गतिशील संयोजन प्रदान गर्दछ ।

एक्स्ट्रिम१६० आर र हंक १५० आर देशभरिका हिरो मोटोकर्पका शोरूममा उपलब्ध हुनेछ । एक्स्ट्रिम१६० आरको रु ३ लाख ३९,हजार (सिंगल च्यानल एबीएसका साथ डबल डिस्क) को आकर्षक मूल्यमा उपलब्ध हुनेछ भने जब हंक १५० आर रु २ लाख ७९हजार ५ सय -सिंगल च्यानल एबीएसको साथ डबल डिस्क) को मूल्यमा उपलब्ध हुनेछ ।

यी दुवै मोडल नेपाली बजारमा ल्याइएको गरिएको अवसरमा टिप्पणी गर्दै हिरो मोटोकर्पका ग्लोबल बिजनेसका प्रमुख संजय भानले भने, ‘विश्वभरका ग्राहकहरूका लागि वर्गीय रूपमा अग्रणी र बजारमा सान्दर्भिक सम्बन्धित उत्पादनहरू ल्याउने हाम्रो निरन्तर प्रयास रहँदै आएको छ । यी दुई नयाँ उत्पादनहरूको साथ, हामी हाम्रा शीर्ष पि्रमियम मोटरसाइकलहरू नेपालमा ल्याइरहेका छौं र यहाँका ग्राहकहरूले दुवै उत्पादन मन पराउने गर्नेछन् भन्नेमा हामी विश्वस्त छौं । एक्सटि्रम १६० आरले थुप्रै विश्व बजारमा राम्रो प्रदर्शन गरेको छ र हामी यसले नेपालमा पनि राम्रो प्रदर्शन गर्ने आशा गर्दछौं । हंक १५०आर विशेष रूपमा केही विशेष फर्स्ट-इन-क्लास विशेषताहरूको साथ नेपाली बजारका लागि विकसित गरिएको छ । दुवै मोटरसाइकलले हामीलाई ग्राहकहरूको आकांक्षा पूरा गर्न सक्षम तुल्याउनेमा हामी विश्वस्त छौं ।’

हिरो मोटोकर्पले सन् २०१० मा नेपालमा नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम)लाई एकमात्र आधिकारिक वितरक नियुक्त गरी यहाँ कारोबार विस्तार गरेको हो । यो कम्पनीले आफ्ना ७२ डिलरहरू, ८२ सर्भिस सेन्टरहरू र १०० भन्दा अधिक स्पेयर पार्टस्का बिक्री केन्द्रहरूसहित आˆनो तीव्र रूपमा विस्तारित २५० भन्दा बढी टच-प्वान्टहरूको सञ्जालमार्फत आˆना ग्राहकहरूलाई सेवा पुर्‍याउँदै आएको छ ।

नेपालमा उपलब्ध हिरो मोटोकर्पका उत्पादनहरूमा एचएफ डिलक्स, स्प्लेन्डर प्लस, स्प्लेन्डर आईस्मार्ट ११०, सुपर स्प्लेन्डर, ग्ल्यामर, हंक १५० आर, एक्स्ट्रिम१६० आर, एक्स्ट्रिम२०० आर मोटरसाइकलहरू र प्लेजर, डुएट, मास्ट्रो एज, डेस्टिनी १२५ स्कूटरहरू रहेका छन् ।

हिरो एक्स्ट्रिम१६० आर

स्पोर्टिनेस र वास्तविक-विश्व प्रदर्शनको लागि मानक तय गर्दै नयाँ एक्स्ट्रिम१६० आर, १६० सीसी एयर कुल्ड बीएस-सिक्स मापदण्डको इन्जिनको साथ आउँदछ, जुन एक्ससेन्स प्रविधि र उन्नत प्रोग्राम्ड-फ्युल-इन्जेक्सनद्वारा सञ्चालित छ । यो ईन्जिनले १५ बीएचपीमा  ८५०० आरपीएमको  प्रभावशाली पावर आउटपुट प्रदान गर्छ ।

तीव्र गतिका वर्गमा ‘द्रुत लेन’मा समावेश हुँदै यसले ४.७ सेकेन्डमा ०-६० किमी/प्रतिघण्टाको गति प्रदान गर्दै यो मोटरसाइकल यस वर्गकै ‘पावर-टु-वेट-रेसियो’मा उत्कृष्ठमध्येको एक बनेको छ, यसका लागि यसको १३८.५ केजीको कम कर्ब-वेट हुन्छ ।

असाधारण हृयान्डलिङ

नयाँ एक्स्ट्रिम १६० आरमा सडकका लागि ईन्जिनियर्ड एर्गोनोमिक्सको साथ कमान्डिङ राइडिङको अनुभूति पाइन्छ । हल्का सशक्त डायमण्ड फ्रेम सेटअपले सडकहरूमा असाधारण हृयान्डलिङ प्रदान गर्दछ, जसले यसलाई सोही समयमा ‘कर्नर हृयाप्पी’ मेसिन बनाउँदछ ।

३७ मिमी टेलिस्कोपिक फ्रन्ट फोक्र्स र सात तहको समायोजनयोग्य रियर मोनो-सक सस्पेन्सन सेटअप सहरी चुस्ती/स्फूर्तिका लागि तयार गरिएको छ, जसले सटिक हृयान्डलिङ र एक सुस्पष्ट सवारी प्रदान गर्दछ ।  २७६ मिमि फ्रन्ट पेटल डिस्क र २२० एमएम पछाडिको पेटल डिस्क ब्रेकले सवारी चालक सधैं पूर्ण नियन्त्रणमा हुने र रोक्न सकिने शक्तिप्रति विश्वस्त हुन्छन् भन्ने सुनिश्चित तुल्याउँछ । १६५ मिमि ग्राउन्ड क्लियरेन्सले सवारी बाधामुक्त भएको सुनिश्चित गर्दछ ।

फर्स्ट -इन-सेगमेन्ट विशेषता

नयाँ एक्सटि्रम १६० आर ‘फर्स्ट-इन-सेगमेन्ट’मा सबै एलईडी प्याकेजको साथ आवद्ध तुल्याइएको छ, अगाडि एलईडी डीआरएलको साथ पूर्ण एलईडी हेडल्याम्पदेखि, हृयाजार्ड स्विचको साथ एलईडी इन्डिकेटरहरू र पछाडि एच सिंग्नेचरयुक्त एलईडी टेल लैम्पसम्म यसमा सामेल छन् । इन्भर्टेड पूर्ण डिजिटल एलसीडी डिस्प्लेसँगै फस्र्ट-इन-सेगमेन्ट, साइड स्ट्यान्ड ईन्जिन कट अफले मोटरसाइकल प्राविधिक रूपमा उन्नत र सुरक्षित दुवै छ भन्ने कुरा सुनिश्चित गर्दछ । हेड टर्नर पर्ल सिल्भर व्हाइट, भाइब्रन्ट ब्लू, स्पोर्टस् रेडका तीन जीवन्त रंग संयोजनमा उपलब्ध छ ।

हिरो हंक १५० आर

१४९ सीसीको एयर-कूल्ड इन्जिनबाट सुसज्जित, हंक १५० आरको​​कोर इन्जिनले १४.२ बीपीएचपी शक्ति र १२.६ एनएमको टर्क प्रदान गर्दछ ।

वास्तविक विश्वको पर्फमेन्स प्रदान गर्ने उद्देश्यले, सबै नयाँ हंक १५० आरमा हल्का सशक्त डायमण्ड ट्यूबलर फ्रेम प्रदान गर्दछ जसले कुनामा र सिधा सडकहरूमा सटीक हृयान्डलिङ र स्थिरता प्रदान गर्दछ ।  १३०/ ७० एमएम रेडियल रियर टायरको साथ जोडी बनाइ आवद्ध तुल्याइएको गरिएको हंक १५० आर सबै प्रकारका सडक र सवारी सञ्चालन परिस्थितिमा उत्कृष्ट सडक पकड (रोड ग्रिप) प्रदान गर्दछ ।

वर्गका सर्वश्रेष्ठ विशेषता

राइडिङ ट्रांयगललाई चुस्तता, स्थिरता र सुविधाको उत्तम सन्तुलन प्रदान गर्नेगरि सामायोजित गरिएको छ । मोटरसाइकलले वर्गकै पहिलो (फर्स्ट इन क्याटागोरी) अन्तर्गत, उत्कृष्ठ हृयान्डलिङ तथा स्पोर्टी राइड सुनिश्चितताका लागि सात तहको समायोजनयोग्य मोनो-शक सस्पेन्सन पनि राखिएको छ । फराकिलो ३७ मिलिमिटरको बिफी फ्रान्ट फोक्र्सले एक स्थिर र भव्य राइडिङ सुनिश्चित गर्दछ ।

मोटरसाइकलले धेरै सुरक्षाजन्य विशेषताहरूलाई समेटेको छ र वर्गकै पहिलो (फर्स्ट इन क्याटोगोरी) अन्तर्गत सुरक्षित वैकल्पिक सिंगल-च्यानल एबीएसबाट सुसज्जित छ, जसले सुरक्षित बे्रकिङको सुनश्चिता गर्दछ । नयाँ एलोय व्हील डिजाइन, २७६ एमएम  फ्रन्ट र २२० एमएम रियर डिस्क ब्रेक सबै किसिमका राइडिङ अवस्थाहरूमा कुशलता र तत्काल पावर रोक्नको लागि मानक विशेषताका रूपमा आएका छन् ।

उपयोगमा सहजता पहुँच प्रदान गर्नका डिजाइन गरिएको, मोटरसाइकलमा स्पोर्टी डिजी-एनालग इन्स्ट्रुमेन्ट क्लस्टरको साथ साइड स्ट्यान्ड इन्डिकेटर, ट्रिप मिटर र सर्भिस रिमाइन्डरसमेत रहेको छ । सेल्फ स्टार्ट बटन मानकको रूपमा आउँछ भने थप सुविधाका लागि ईन्जिन किल स्विच रहेको छ ।

डायनामाइक डिजाइन र स्टाइल

हंक १५ आरको आक्रामक आवारण र मस्कुलर इन्धन ट्यांकको सानले राइडिङको व्याख्यान दिन्छ  । यसको स्ट्राइकिङ अपिलमा थप्नको लागि चिसेल्ड रियर काउल, वल्फ आइ एलईडी पोजिसन ल्याम्पसहितको स्पोर्टी हेडलाइट, एलईडी लाइट गाईडसहित एलईडी टेललाईटले अन्धकारमा समेत पहिचान गर्न सजिलो बनाउँदछ । स्पोर्टी डाइनामिक ग्राफिक्सले एउटा अतुलनीय शैली प्रदान गर्ने डिजाइन लाइनहरूलाइ सक्रिय बताउँछ । हंक १५० आरएनएच १ ब्लाक, स्पोट्स रेड र टेक्नो ब्लू  रंगमा उपलब्ध छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.