हार्टफार्डको आधिकारिक वितरकमा इग्निसन अटो नियुक्त, काठमाडौंमा ‘टुरिङ्ग र्याली’ गर्दै

  २०७७ फागुन २८ गते १९:३३     विकासन्युज

काठमाडौं । हार्टफार्ड इण्डष्ट्रीयल कम्पनी लिमिटेडको ताईवान (चाइना) बाट उत्पादित मोटरसाइकल तथा स्कुटरको नेपालका लागि अधिकारिक वितरकमा इग्निसन अटो प्रालि नियुक्त भएको छ ।

इग्निसन अटो प्रालिले नेपाल भरी नै आफ्ना डिलर नेटवर्क मार्फत हार्टफार्ड (भीआर) मोटरसाइकल तथा स्कुटरहरु को बिक्री एवं बिक्री पछिका सेवाहरु प्रदान गरिरहेको छ ।

हार्टफार्ड (भीआर) नेपालमा सर्वाधिक लोकप्रिय नम्बर एक डर्ट बाईकका रुपमा स्थापित ब्राण्ड हो ।

नेपाल मात्र होइन विश्वमानै कोरोनाको प्रभावले थिलथिलो भएको यस अवस्थामा इग्निसन अटो प्रालिले आफ्ना ग्राहकलाई कोरोना कालमा दैनिक जीवनयापन, व्यवसयिक गतिशिलताका विषयमा अन्तक्रिया, आन्तरिक पर्यटन प्रवर्द्धन, सडक सुरक्षा सम्बन्धमा जनचेतना प्रवाह गर्ने उद्देश्यका साथ २०७७ फागुन २९ गते “भीआर एक्स्प्लोरिङ एडभेन्चर” नामक “टुरिङ्ग” कार्यक्रम आयोजना गर्न गईरहेको छ ।

नेपालको टु व्हील कम्पनीहरु मध्येमा यस कोभिड-१९ लाई मध्यनजर गर्दै “टुरिङ्ग” कार्यक्रम सोसियल मिडियामा सर्वप्रथम घोषणा गरि आयोजना गर्ने कम्पनी इग्निसन अटो प्रालि रहेको छ ।

“टुरिङ्ग र्याली” २०७७ साल फागुन २९ गते बिहान ८ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित हार्टफार्ड शोरुमबाट आरम्भ हुने छ ।

सुन्धारा-वीर अस्पातल-जमल-लैनचौर-लाजिम्पाट-महाराजगन्ज-बुढानिलकण्ठ-तारेभिर जहाँ मनमोहक दृश्यका साथ नास्थाको लागि रोकिने छ र पुन सुन्दरीजल डाम चिसापानी हुँदै भोटेचौर पुगेर खाना र मनोरन्जनका कार्यक्रमहरु गरिने छ । त्यसपछि साखु-थली-जोरपाटी-बौद्धको सर्भिस सेन्टरमा पुगि सम्पन गरिने कम्पनीले बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.