फोर्डको ईकोस्पोर्ट एसई सार्वजनिक, मूल्य साढे ४७ लाख रुपैयाँ

  २०७७ फागुन २७ गते १५:४०     विकासन्युज

काठमाडौं । फोर्डले नयाँ संस्करणको ईकोस्पोर्ट एसई गाडी सार्वजनिक गरेको छ । जसको पेट्रोल भेरियन्टको मूल्य ४७ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

फोर्ड ईकोस्पोर्ट एसई नाम दिइएको यस नयाँ भेरियन्टमा डिजाईन संकेत अमेरिकी र युरोपेली कम्प्याक्ट एसयुभ लिईएको छ र यसमा पछाडि राखिने जगेडा चक्का रहने छैन ।

‘ग्राहकहरू धेरै भन्दा धेरै विश्वव्यापी डिजाईन बेन्चमार्कलाई पछ्याउँदै र भिन्न एवं अद्धितिय वस्तुको चाहना राख्छन्, जस्तो कि ईकोस्पोर्ट,’ फोर्ड ईन्डियाका कार्यकारी निर्देशक विनय रैनाले भने, ‘फोर्ड ईकोस्पोर्ट एसई आरामदायी हुनुको साथै यसमा प्रयोग गरिएको अभूतपूर्व सुरक्षाको व्यवस्था र सिङ्क-३ जस्तो सबैभन्दा राम्रो प्रविधिले यसको विरासतलाई अझ उचाईमा पुर्याउनेछ ।’

नयाँ सुरुचिपूर्ण डिजाईन भएको टेलगेट, ड्युअ टोन पछाडिको बम्पर जसमा रहेको सिल्भर एप्लिकले यसको बनावटलाई झन् आकर्षक बनाईएको छ । यसका अलावा यस विशेष संस्करणको ईकोस्पोर्टमा बोल्ड लुक्स र ग्रील, १६ ईन्च एलोई व्हीलस्, उच्च ग्राउन्ड क्लियरेन्सको विशेषतालाई जोड दिइएको छ, जसले एसयुभी भेरियन्टलाई अझ बढावा दिने विश्वास गरिएको छ । ईकोस्पोर्ट एसईमा राखिएको पन्चर किटले केही मिनेटमै टायर नझिकेरै पंचर मर्मत गर्न सकिने सुविधा प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।

टाइटानियम ईकोस्पोर्टको यस विशेष संस्करणले उच्चतम् प्रविधि र कनेक्टिभिटीको विरासतलाई अघि बढाउँदै फोर्डको प्रसिद्ध सिङ्क-३ सूचना र मनोरञ्जन प्रर्णालीलाई एप्पल कारप्ले र एन्ड्रोईड अटोसँग एकीकृत गरेको छ ।

नयाँ ईकोस्पोर्ट एसईमा विश्वसनीय १.५ लिटर टीआईभीसीटी पेट्रोल ईन्जिन राखिएको छ जसले यस सेग्मेन्टकै सबैभन्दा राम्रो १२२ पीएस पावर र १४९ एनएम टर्क उत्सर्जन गर्छ । डिजेल ईन्जिन ईकोस्पोर्ट एसईको छनोट गर्न चाहनेका लागि १.५ लिटर नेतृत्वदायी प्रदर्शन गर्ने टीडीसीआई उच्चस्तरीय डिजेल ईन्जिनका साथ पनि यो गाडी उपलब्ध छ । जसले १ सय पीएस पावर र २१५ एनएम टर्क उत्सर्जन गर्छ ।

भारतीय अटो क्षेत्रको नेतृत्वदायी मिडिया अटोकार ईन्डियाले २०२० को मर्मत रिपोर्टमा फोर्ड इकोस्पोर्ट मर्मत खर्चका हिसाबले एकदमै कम लागत भएको कारको सूचिमा राखेको थियो, जसलाई पनि यस गाडीको उपलब्धिको रुपमा लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.