नेपालमा टाटाका सबै कार बीएस ६ इन्जिनमा, आधिकारिक बिक्री सुरु

  २०७७ फागुन २६ गते १०:०९     विकासन्युज

काठमाडौं । टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले आफ्ना सबै मोडललाई बीएस ६ इन्जिनमा नेपाल भित्र्याएको छ । मंगलबार सोल्टी होटलमा आयोजित कार्यक्रममा कम्पनीले एच ५, टियागो, टिगोर, नेक्सन र अल्ट्रोजको बीएस ६ मोडल बजारमा सार्वजनिक गरेको छ ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा मोटर्स मार्केट लिडर भएको दावी गरे । यस्तै सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ राणाले आफ्नो कम्पनीले दिर्घकालिन योजनाहरुमा लगानी गर्ने कुरामा जोड दिए । सिप्रदी ट्रेडिङले विक्री गर्दै आएका यी कार बीएस ४ मापदण्डबाट बीएस ६ मापदण्डमा अपग्रेड भएका हुन् ।

नयाँ अपग्रेडसँगै यसको मूल्य परिमार्जन भएको छ । पछिल्लो समय टाटाले आक्रामक बजार विस्तारमा गरिरहेको छ । नयाँ प्ल्याटफर्म निर्माण गरेर टाटाले गाडी उत्पादन गर्दै आएको छ । कम्पनीको नेक्सन, अल्ट्रोज, टियागो र एच ५ ग्राहकले रुचाएका मोडल हुन् ।

यसअघि सिप्रदी ट्रेडिङले सुरुवाती बुकिङ गर्ने १ सय ग्राहकलाई विशेष अफर गरेको थियो । कम्पनीले सुरुमा बुकिङ गर्ने ग्राहकलाई आइफोन १२, आकर्षक नगद छुट, एक्स्चेन्ज बोनस, एक वर्षको नि:शुल्क सर्भिस सुविधा र नि:शुल्क जेन्युन एक्सेसरिजहरु दिने घोषणा गरेको सिप्रदीका राजेश प्रसाद गिरीले बताए । गाडी बिग्रिएको ४८ घण्टाभित्र सर्भिस दिन नसकेमा नि:शुल्क सर्भिस दिने गिरीले बताए । सन् १९८२ देखि गाडी बेच्न सुरु गरिएको इतिहासले स्मरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.