हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एसप्लस अब नेपालमा

  २०७७ फागुन २५ गते ९:५४     विकासन्युज

काठमाडौं । हुन्डाई गाडीको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बहु प्रतिक्षित गाडी हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एसप्लस सार्वजनिक गरेको छ ।

हुन्डाई भेन्यू आईएमटी भिन्न इन्जिन अप्सनमा उपलब्ध हुनुकाे साथै ८३ पिएस/६००० आरपिएम को सर्वाधिक पावर रहने १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भिटिभिटि टेक्नोलजि रहेकाे छ । यस्तै र हुन्डाई भेन्यू १.२ एसप्लस भित्र पनि पावर १२० पिएस/६००० आरपिएमको १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भिटिभिटि टेक्नोलोजि रहेकाे छ ।

बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा अघिल्लो वर्ष सार्वजनिक गरिएको हुन्डाई भेन्यूले बजारमा आफ्नो दह्रो उपस्थिति जनाएको छ ।

हुन्डाइ भेन्यू स्मार्ट शार्क फिन एन्टिना, टर्न सिंग्नल्स भएका विद्युतले मिलाउन सकिने रिअर मिरर, इलेक्ट्रीक सन रुफ, आकर्षक क्राेमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेलले सु—सज्जित छ ।

यसको आर१५ डायमण्ड कट एलोइ पाङ्ग्रा तथा रिअर क्यामेराको साथ हिल एसिष्ट कन्ट्रोलले नौलौ र उत्साहजनक सवारी अनुभव दिनेछ । हुन्डाई भेन्यू १.२ एसप्लसमा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ, जस अन्तर्गत कर्नरिङ्ग लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिष्टल इफेकट सहितको एलइडि डिआरएल लाइट विशेष छन् ।

इंटेलिजेंट म्यानुअल ट्रान्समिशनको साथ हुन्डाई भेन्यू आईएमटीले क्लचलेस ड्राइभिंग अनुभव दिन्छ। सो सेगमेन्टमा नयाँ, आईएमटीसँग क्लच प्याडल नभएकाले राम्रो ईन्धन दक्षता र मजाको ड्राईभिइङ अनुभव गर्न पाईन्छ ।

उत्कृष्ट यात्राको अनुभव गराउन, हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एसप्लसमा नवीनतम विशेषताहरु जस्तै रियोस्टयाट सहितको एड्भान्स सुपरभिजन क्लसटर, ड्राईभर रेर भ्यू मिरर, भेहिकल स्टेबिलिटीे म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल रहेका छन् जस्ले हुन्डाई भेन्यूू आईएमटी र हुन्डाई भेन्यू १.२ एसप्लस लाई एउटा सुरक्षितयात्राको सहयात्री बनाएको छ ।

हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एसप्लस थपविशेषताहरुमा वाइरलेस फोन चार्जर, व्रmुज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एच डी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर ए सि भेन्ट रहेको छ । यी गाडीहरुको सुरुवाती मूल्य हुन्डाई भेन्यू १.२ एसप्लस ४४ लाख ५६ हजार र हुन्डाई भेन्यूू आईएमटी ४४ लाख ९६ हजार कायम गरिएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमाबाइल उत्पादकमा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.