होटल र्‍याडिसनमा तीन दिने ट्रेड फेयर सूरू, उपराष्ट्रपति पुनले गरे उद्घाटन (फोटो फिचर)

  २०७७ फागुन २४ गते १८:३२     विकासन्युज

काठमाडौं । लाजिम्पाटस्थित होटल र्‍याडिसनमा तीन दिने ट्रेड फेयर सञ्चालनमा आएको छ । सोमबार नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सव तथा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रेड फेयरको उद्घाटन गरेका छन् ।

यस ट्रेड फेयरमा नेपाली उद्यमी महिलाहरूले उत्पादन गरेका कपडा, अचार, हस्तकला लगायत बिभिन्न सरसामानहरु राखिएका छन् । सोमबार उप–राष्ट्रपति नन्दबहादुर पुन मगरले स्टल भिजिट गरेर महिला उद्यमीहरुलाई प्रोत्साहन गरेका थिए ।

नेपालका लागि युरोपियन डेलिगेसनका प्रमुख नोना डेप्रेज, श्रीलंकाका राजदूत हिमाली सुभासिनी अरुना तिलका र अस्ट्रेलियन राजदूत फेलिसिटी जेनिभल्कले मेलाको अवलोकन गरेका थिए । सोमबारदेखि सुरु भएको व्यापार मेला बुधबारसम्म चल्नेछ ।

सबै तस्विरहरु : प्रकृति अर्याल

  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.