वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत प्रभु बैंकले विद्यार्थीलाई दियो बैंकिङ्ग ज्ञान

  २०७७ फागुन २३ गते २०:३२     विकासन्युज

काठमाडौं । प्रभु बैंकले वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत विद्यार्थीलाई बैंकिङ्ग ज्ञान दिएको छ । बैंकले फागुन २३ गतेका दिन सिन्धुपाल्चोकका विद्यार्थीलाई उक्त बैंकिङ्ग साक्षरता तथा ज्ञान दिएको हो ।

यससँगै सिन्धुपाल्चोकको तालमराङ्ग गाउँपालिकास्थित तेर्षे माध्यामिक र बतासे माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ५० जना विद्यार्थीहरुले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता/ज्ञान हासिल प्राप्त गरेका छन् ।

बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन/सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि ५० जनाको संख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न ५ समुहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरुको स्थलगत अवलोकन र विभागीय प्रमुखहरुसँग साक्षात्कार गराईएको थियो ।

स्थलगत अवलोकको समापन समारोहमा विद्यार्थीहरुसँग अन्तर्क्रिया गर्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंक र बैंकद्धारा सम्पादन हुने सबै किसिमका कार्यहरुका बारेमा विद्यार्थीहरुले बुझ्नने गरी प्रकाश पारेका थिए । बैंकका ब्राण्ड एम्बेस्डर एवं चर्चित गायक/कलाकार प्रकाश सपुतको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सहभागी विद्यार्थीलाई कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरु समेत प्रदान गरेका थिए । उक्त अवसरमा विद्यार्थीहरुले प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.