पर्साको देवरवानामा सेञ्चुरी बैंकको शाखा रहित बैकिङ्ग सेवा

  २०७७ फागुन २३ गते १९:५५     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ४ को देवरवानामा शाखारहित बैकिङ्ग सेवा शुरु गरेको छ । बैंकले आफ्ना ग्राहकको सेवामा थप विस्तार गर्ने उद्देश्यले फागुन २२ गतेबाट उक्त स्थानमा सो सेवा शुरु गरेको हो ।

शाखा रहित बैकिङ्ग सेवाको शुभारम्भ प्रमुख अथितिका रुपमा प्रदेश २ का विधायक माननीय मन्जुर आलम र विशेष अथितिको रुपमा सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले संयुक्त रुपमा एक समारोहवीच गरे । उक्त अवसरमा अध्यक्ष प्रदीप जयसवालले पर्सा जिल्लाको पूरानो बजारको रुपमा रहेको देवारवानामा शाखा रहित बैंक सेवाबाट स्थानीय जनताले वित्तीय सेवा प्राप्त गरी आर्थिक समृद्धिमा मद्धत पुग्ने बताए ।

कार्यक्रममा बैंकका प्रदेश नं २ का प्रमुख सौरभ चौधरी, आदर्शनगर शाखाका प्रमुख शिवनाथ साह, लिंकरोड शाखाका प्रमुख सुरेश साह साथै बैंकका अन्य कर्मचारी र स्थानीय गरेर १५० जना भन्दा बढी सहभागिता रहेको थियो । शाखारहित बैकिङ्ग सेवामा निक्षेप संकलन, रकम भुक्तानी लगायत बैकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुनेछन् ।

बैंकले आफ्ना १२० शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखा रहित बैंकिङ्ग र ८८ एटीएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.