सेयर बजारमा लगानी गर्न चाहने महिला लगानीकर्तालाई वार्षिक शुल्कमा छुट

  २०७७ फागुन २३ गते १९:४०     विकासन्युज

काठमाडौं । सेयर बजारमा लगानी गर्न चाहनेलाई नबिल इन्भेष्टमेन्ट बैंकिंगले वार्षिक शुल्कमा छुट दिने भएको छ । नबिल इन्भेष्टमेण्ट बैंकिंगले नारी दिवसको अवसरमा सेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्तालाई प्रथम वर्षको लागि लाग्ने वार्षिक शुल्क पूर्ण रुपमा छुट दिने भएको हो ।

यससँगै इच्छुक लगानीकर्ताले लगानी व्यवस्थापन सेवा प्राप्त गरे वापत उक्त छुट पाउने भएका छन् । सेयर बजारमा लगानी गर्न इच्छा रहेको तर सेयर बजारको बारेमा ज्ञान नभएका वा अन्य जो कोही महिला लगानीकर्ताले यो सुविधा लिन सक्नेछन् । यो योजना अँग्रेजी महिना मार्च अन्तिमसम्म रहने छ ।

विभिन्न व्यवसायमा रहेका व्यवसायिहरु तथा सेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसक्नु भएको लगानीकर्तालाई यो सेवा प्रदान गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डबाट लाईसेन्स प्राप्त गरी सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताको लगानीको व्यवस्थापन गर्ने कार्यलाई लगानी व्यवस्थापन सेवा भनिन्छ ।

निश्चित बार्षिक शुल्कका साथ शुरु गर्न सकिने यो सेवा अँग्रेजी महिनाको मार्च अन्तिमसम्मका लागि महिला लगानीकर्तालाई पहिलो वर्षका लागि बार्षिक व्यवस्थापन शुल्क वापतको रकम पूर्ण छुट गरिएको हाे ।

यो सुविधाबाट नेपालको सेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्ताले यसको पूर्ण फाइदा लिने संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.