कुमारी बैंकको डिजिटल च्यालेन्जमा आइफोन १२ निःशुल्क, ५ जनाले सामसङ ट्याब ए ८.० पाउने

  २०७७ फागुन २३ गते १९:०९     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले “डिजिटल च्यालेन्ज” नामक योजना प्रस्तुत गरेको छ । बैंकले डिजिटल कारोबार प्रवर्धन तथा यसको प्रयोग बढाउने उद्देश्यका साथ उक्त याेजना ल्याएकाे हाे ।

यो योजनाअन्तर्गत कुमारी बैंकको कुमारी स्मार्ट प्रयोग गरी कारोबार गर्ने ग्राहकमध्ये १ जना भाग्यशाली विजेताले आइफोन १२ प्राप्त गर्नेछन् । यसका साथै ५ जना भाग्यशाली विजेताले सामसङ ट्याब ए ८.० प्राप्त गर्नेछन् ।

“कुमारी स्मार्ट वान टु थ्री, आइफोन १२ फ्रि” योजनाअन्तर्गत ग्राहकले ३ कार्यहरू सम्पन्न गरेमा आइफोन १२ प्राप्त गर्ने अवसर पाउनेछन् । जसअन्तर्गत ग्राहकले कुमारी स्मार्ट मोबाइल एप प्रयोग गरी प्रथमतः टप-अप गर्ने, दोस्रोमा फोनपे डिरेक्टको प्रयोग गर्ने र तेस्रोमा फोनपे क्यु आर कोड स्क्यान गरी भुक्तानी गर्ने कार्य सम्पन्न गरेपछि आइफोन १२ प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुनेछन् । यी ३ कार्यहरू सम्पन्न गर्ने ग्राहकहरूमध्ये एकले आइफोन १२ प्राप्त गर्नेछन् ।

यसका साथै कुमारी स्मार्ट एपबाट पहिलो पटक कारोबार गर्ने ग्राहकमध्ये ५ भाग्यशाली विजेताले साम्सङ् ट्याब ए ८.० प्राप्त गर्नेछन् । यस योजनाअन्तर्गत् ग्राहकले पहिलो पटक टप-अप, बिल भुक्तानी, क्युआर भुक्तानी (फन्ड ट्रान्सफर र वालेट लोडबाहेक) कुनै एक कारोबार गरे पश्चात् साम्सङ् ट्याब ८.० प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुनेछन् ।

कुमारी स्मार्ट प्रयोग गर्नका लागि ग्राहकहरूले कुमारी बैंकमा आफ्नो खाता खोलेका वा कायम गरेको हुनुपर्छ । बैंक-खातासँग जोडिएको कुमारी स्मार्ट एप आफ्नो फोनमा डाउनलोड गरी माथि उल्लेखित कार्यहरू सम्पन्न गरे पश्चात् ग्राहकहरूले यो योजनामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । एफवान सफ्टको सहकार्यमा यो योजना यही मार्च १ तारिकदेखि मार्च महिनाको अन्तिम दिन ३१ तारिकसम्मका लागि मात्र लागू गरिएको छ ।

कुमारी बैंकले १९२ शाखा सञ्जाल, १६२ एटीएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.