सांग्रिलाको नारी बचत खाताः १८ वर्ष नाघेकाले खोल्न पाउने, ब्याजदर उच्च

  २०७७ फागुन २३ गते १८:५५     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नारी दिवसको अवसरमा नारी बचत खाताको शुरुवात गरेको छ । बैंकले १८ वर्ष उमेर नाघेका महिलाको हितलाई ध्यानमा राखी उक्त खाताको शुरुवात गरेको हो ।

बैंकले उच्चतम ब्याजदरका साथै बचत गर्न प्रोत्साहित गर्नको लागि उक्त खाता सञ्चालनमा ल्याएको हो ।

उक्त खाता खोल्ने ग्राहकलाई वार्षिक ५ प्रतिशतका दरले मासिक रुपमा व्याज भुक्तानी दिने बैंकले जनाएको छ । साथै, लकर शुल्कमा पहिलो वर्षको लागि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । यससँगै, मोबाइल बैंकिङ्ग तथा भिसा डेबिट कार्ड सुविधा पहिलो वर्षको लागि निशुल्क गरिएको छ ।

बैंकका अनुसार उक्त खाता बैंकको जुनसुकै शाखाबाट खोल्न सकिने छ । हाल बैंकको ९५ वटा शाखा सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.