१० मिनेटका लागि संसद स्थगित

  २०७७ फागुन २३ गते १७:५७     विकासन्युज

काठमाडौं । प्रतिनिधि सभा संसद १० मिनेटका लागि स्थगित भएको छ । सभामुख अग्नी सापकोटाले १० मिनेटका लागि संसद स्थगित भएको संसदमा घोषणा गरेका हुन् ।

नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुखले संसद १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।

काँग्रेसले सरकारले ल्याएको अध्यादेशलाई असंवैधानिक भएको ठहर गर्दै अघि बढ्न नसक्ने बताएपनि जबरजस्ती अघि बढाउन खोजिएपछि बैठक अवरुद्ध गरेको थियाे ।

उनीहरुले नाराबाजी गर्दै बैठक अवरुद्ध जारी राखेपछि बैठक १० मिनेटका लागि स्थगित भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.